क्रान्तिको थकान मेट्ने छैनन्

कविता

– कुमार क्षेत्री

जब दलाली यो व्यवस्था रहिरहनेछ

न्यायपूर्णआवाजमाथि अन्यायको बार लागिरहनेछ

अनि गरिव उत्पिडित वर्ग जाति माथि

विभेदपूर्ण व्यवहार यथासम्भव रहिरहनेछ

तबसम्म राता मान्छेहरुको भिडहरुले

परिवर्तनकारी ति शक्तिहरुले ।

क्रान्तिको थकान मेट्ने छैनन ।

जबसम्म एकजोडी यि नयनले

अन्याय पुर्ण तिरस्कारलाई सहेर बसेको देख्न छोड्दैनन

मेरो यो शान्तिपूर्ण मुलुकबाट विदेशिहरुको राज हटेको हुनेछैन

साम्राज्यवादी मुलुको दम्भबाट मेरो यो मुलुक

स्वतन्त्र हुन सक्ने छैन

तबसम्म यि एकजोडि नयनहरुले

प्रगतिशील कलमहरुले न्यायपुर्ण आवाजहरुले

सत्कर्मका ति कदमहरुले क्रान्तिको विश्राम गर्ने छैनन

क्रान्तिको यात्राबाट थाक्ने छैनन

क्रान्तिको थकान मेट्ने छैनन् ।

 जबसम्म मुलकमा कयौ निर्मला कयौ भागरथिहरु

हजारौ सम्झनाहरुले न्याय पाउने छैनन्

बलात्कारीहरुले फासि पाउने छैनन्,

क्रान्तिका सहयोद्धा, कमरेड निरकुमारहरु

कमरेड प्रज्वलनहरु कमरेड कुमारहरु कमरेड दिपेनहरुको

त्यो जनआवाजहरुले यो व्यवस्थालाई दोषि ठहर गर्दै

 सहिद परिवारले न्यायको जित प्राप्त गर्न सक्दैनन्

बेखबर ति सहिदका सपनाहरुले जितको जुलुस निकाल्दै

बिजयको उत्सब मनाउन सक्दैनन

तबसम्म यो हाम्रो वर्ग उन्मुक्तिका राता यात्रीहरुले

मुलुक बदल्ने महान अभिलाषाहरुले

युग बदल्ने सहिदले छोडेर गएका

हामि माथिका ति अभिभाराहरुले

क्रान्तिको थकान मेट्ने छैनन् ।

प्रगतिशील ति शक्तिहरु परिवर्तन ति हात पाऊहरु

एक ठाउ एक कित्तामा उभिने छैनन

संसदवादी, पुँजिवादी यो मुलुकबाट उदय हुदैनन

क्रान्ति ति योद्धाहरूले परिवर्तनशिल ति विचारहरुले,

राष्ट्रभक्त ति छविहरुले, कस्सिएका

ति मुठ्ठीहरुले, विद्रोहको थकान मेट्ने छैनन्

क्रान्तिको थकान मेट्ने छैनन् ।

You can share this post!