“एकिकृत जनक्रान्ति अब चाडै बिजेता बन्दै छ”

– कुमार क्षेत्री

एक्लै भएर पनि क्रान्तिकारी योद्धाहरू

क्रान्ति र विद्रोहको दियो जलाउँदछन्

जस्तोसुकै परिस्थितिमा पनि विद्रोहको राको बाल्छन्

बिद्रोहको विशाल मसाल ल्याउछन्।

समाजवादको दियो र साम्यवादको राकोलाई

वर्ग दुश्मनले छेकेर छेक्न सक्दैन,

आधि र तुफानले निभाउन सक्दैन्

एक निष्टावान क्रान्तिकारी योद्धालाई

वर्ग दुश्मनले तरवारले छिनाउन सक्दैन्,

बन्दुकको गोलीले ढलाउन सक्दैन,

बर्ज ल्याएर पनि विनाश गर्न सक्दैन्।

त्यसैले हेर हेर …!

राष्ट्रप्रेम सन्चालन भएका क्रान्ति योद्धाका रक्तनशालाई

कसैले तरवारले काटेर छिनाउन सक्दैन,

यो राष्ट्र जनताप्रतिको आस्थालाई

न आगोले डढाउन सक्छ,

न हुरीले उडाउन सक्छ,

न बाढिले बगाउन सक्छ,

न आधि र तुफानको वेगले निर्मुल पार्न सक्छ।

यो देश र जनताप्रतिको आस्था

यो देश र जनताप्रतिको माया

अजर छ ,

अटल छ ,

अमर छ,

अनि अविनाशी छ।

सधै बिहानीको हिमाल झै मुस्कुराउँछ,

सधै बिहानीको सौर्य घाम झै झल्काउँछ।

त्यसैले हेर हेर…!

मेरो देश पराधिनतामा र परचक्रीमा होइन

स्वाधिनता स्वतन्त्रतामा रमाउछ,

मेरो देशको जनताहरू

परनिर्भरता र डर त्रासमा होइन,

आत्मनिर्भरता, स्वाभिमानतामा रमाउँछन्,

कुना कुन्दरा र घर बस्तिहरुमा लाल झण्डा फरफराउने छन्,

गरिव दिनदु:खिका झुपडिमा सुदिनका हर्षउल्लास छाउनेछन्,

विर सहिदको सपना र आस्थामा होलि खेल्नेहरु

अब चाडै विलाप हुदैछन्,

मुलुकमा विकासका मुल फुट्नेछन।

त्यसैले हेर हेर…!

विर सहिदका रगतले कोरिएका मार्तृभुमिका रेखाहरु,

विर सहिदका रगतले स्थापित सिमाहरु,

इतिहासको पानामा लेखिएका विरताका गाथाहरू,

वर्ग वैरी दुश्मनले सारेर सर्दैनन,मेटेर मेटिदैनन।,

महान सहिदको रगतले सिन्चिएको रातो झण्डालाई,

लाल गद्दार र धोकेबाजहरुले ढलाउन सक्दैनन्।

विर सहिदका अपुरा सपनाहरुलाई,

अब कसैले गलाउन सक्दैनन्।

त्यसैले हेर हेर…!

मुलुकमा फेरि नयाँ राता मान्छेहरु उदाउँदैछन्,

अर्को नयाँ अभियान चलाउदैछन्,

अन्याय अत्याचारको विरुद्ध उदाङ्गो बोल्दैछन्,

सहिदका सपना साकार हुदैछन्।

त्यसैले हेर हेर…!

आमुल परिवर्तनको उच्च अभिलाषा लिदै

परिवर्तनशिल शक्तिहरु एकमुठ्ठी हुदैछन्,

उत्पिडित सवै वर्ग जातिहरुलाई उन्मुक्ति दिलाउन

युग बदल्ने महान संग्राममा छन्,

फेरी राता मान्छेहरुको भिड

गाउँ गाउँमा पस्दैछन्।

बस्ति बस्तिहरुमा फेरी,

क्रान्तिका नाराहरु गुन्जायमान हुदैछन्,

जनजनमा विद्रोहको जनलहरहरु

अब छिट्टै पलाउदैछन्।

दलाल सामन्तवादी बलात्कारीहरुको

मुटु एकाएक थर्कमानहुदैछन्।

विचार र आदर्शका सारथिहरु

आज तिम्लाई रोज्दैछन्।

त्यसैले त,

एकिकृत जनक्रान्ति अब चाडै बिजेता बन्दै छ।

You can share this post!