” समृद्ध यो मुलुक र जनता बनाउन”

कविता

– कुमार क्षेत्री

आज आयु पुगेर हैन नेपाली

अल्पायुमै मर्नुपरेको छ,

विकास निर्माणको नाममा फेरी

अचेल गरिव निमुखाहरु नै मर्नुपरेको छ ।

आज आँसु मात्र होइन नेपालीको

रगतको पनि विशाल खोला बगिरहेछ ।

विदेशि शक्ति र साम्राज्यवादीले ठग्नु ठगेकै थियो

हडप्नु हडपेकै थियो

एकातिरबाट नेपाल र नेपालीहरुलाई ।

आज नेपाललाई विदेशी शक्तिकाे एजेन्टले नै

मुलुकलाई बेचेर खानु खायो

जनतालाई ठगेर खानु खायो ।

साउने झरि को धमिलो खोलाले बगाएर

ल्याएको बगरको भ्यागुता जस्तै

गरिव निमुखाहरुको

लासहरु नै भएका छन छरपस्ट जतातत्रै ।।

सत्तरी बर्षे बृद्ध बुढा बा !

असि बर्षे बृद्घ आमाहरु पनि,

शोकसन्तप्त र शोकाकुल भई बस्नुपरेको छ ।

जन्मदै बालक टुहुरो नहुदै बिहे बिधुवा चेली,

आज स्रोह बर्षमै खरानी खस्नुपरेको छ ।

जिवन जिउन पनि गाह्रो भईसकेको छ,

रोग,शोक र भोगमा परी ।

छोडि सकेछन सहयोगी मनहरुले पनि,

यो देश र गरिव निमुखालाई सहयो गर्न अब ।

एँ नेपाली दाजुभाई हो !

अझै दलाल सामन्ती जन्माउन किन गर्दैछौ तेरो मेरो,

अनि किन काटिदै छौ अनायासै भाइ भाईहरु किन ?

खेल्दैछौ आपसमै काटमारको, रगतको होली अझै ।

सबै मिलि अब छिट्टै,

एकिकृत जनक्रान्तिको महान बाटोमा जुटौ !

भो अब भुलिदिऊ ति वितेका पलहरुलाई,

गएका ति विगतका दिनहरुलाई,

अनि ति भुतपुर्वका घटना परिघटनाहरुलाई ।

आऊँ बरु अर्को नयाँ अभियान चलाअौ,

अर्को नयाँ विकल्प रौजौ,

एकिकृत जनक्रान्तिको बाटो हुदै आउने नयाँ दिनहरुलाई,

आउने हाम्रा भावि पुस्ताहरु लाई,

अनि अबको भविष्यलाई,

सुखि सुन्दर समृद्ध बनाअौ

बरु चाडै सभ्य समाज निर्माण गरौ ।

अब चाडै हाम्रो यो मुलुकलाई शान्तिको एक क्षेत्र बनाअौ,

विर बहादुरताको फेरि देश बनाअौ ।

विश्व कम्युनिष्ट माअो लेलिन माक्स जस्तै बनी,

हाम्रो यो देशलाई पनि अब,

विश्व कम्युनिष्टको सच्चा देश भनेर

सारा विश्वलाई चिनाईदिऊ ।

बहकिएका ति रक्तनशाहरुलाई,

अल्मलिएका ति मनहरुलाई,

अल्झिएका ति विचारहरुलाई,

हेर्ने ति दृष्टिकोणहरुलाई,

फेरी एक ठाउँमा जोडेर यो मुलुकमा अझ फेरि,

स्वाभिमानता, स्वतन्त्रता र मातृत्वको भावसँगै

विद्रोहको दिप जलाअौ क्रान्तिको राको झस्काऔ ।

स्वच्छ भावना, एकाग्र विचार,

पवित्र मनले, फुटेर हैन अब जुटेर रटेर हैन

अब उठेर, तनमन कम्मर कसेर चाडै लागौ

एकिकृत जनक्रान्तिको महान अभियानमा

समृद्ध यो मुलुक र जनता बनाउन ।।

You can share this post!