डडेँधुरामा हुने अभिनन्दन कार्यक्रममा नेता पुनले सम्बोधन गर्ने

धनगढी – नेपाल कम्युनिस्ट पार्टी डडेँलधुराले चैत्र १३ गते डडेँधुरा जिल्लास्थित आलिताल गोदाम बजारमा अभिनन्दन कार्यक्रम गर्ने भएको छ ।

दलाल संसदीय व्यवस्था अन्तय गरौं, वैज्ञानिक समाजवादी व्यवस्थाको लागि संघर्ष गरौं ! भन्ने मूलनारा सहित उक्त कार्यक्रमको आयोजना गरिएको हो ।

कार्यक्रम चैत्र १३ गते डडेँधुरा जिल्लास्थित आलिताल गोदाम बजारमा दिउँसो १२ बजेबाट शुरु हुने र कार्यक्रममा नेकपाका केन्द्रीय सदस्य ओम प्रकाश पुनले सम्बोधन गर्ने आयोजकले बताएको छ । 

You can share this post!