बाग्मती सरसफाइ महाअभियानको ४१० औँ हप्ता

काठमाडौ – बाग्मती सरसफाई महाअभियानको आज ४१० औँ हप्ता पुगेको छ । बाग्मती नदीलाई पहिलेकै अवस्थामा फर्काउन सरसफाई महाअभियानको प्रारम्भ गरिएको थियो ।
सरकारी तथा गैरसरकारी निकायको निरन्तर प्रयास स्वरुप क्रमिक रुपमा वाग्मतीको स्वरुप परिवर्तन हुँदै गएको छ । आज पनि वाग्मती सरसफाई महाअभियानको ४१० औँ हप्ताको अवसरमा वाग्मती सरसफाई गरिएको लायन्स क्लब काठमाडौ लिटिल बुद्धका अध्यक्ष हेमराज साउदले जानकारी दिए ।
उक्त सरसफाई महाअभियानमा लायन्स क्लब काठमाडौ लिटिल बुद्धका साथै काठमाडौ महानगरपालिका वडा नं ११, नेपाली सेना चन्दिदलगण सिंहदरबार, महानगरिय प्रहरी प्रभाग, सामुदायिक प्रहरी सशस्त्रका प्रहरी बल, सशस्त्रका प्रहरी श्रीमती संघ, अधिकार सम्पन्न बाग्मती समिती, वाग्मती फोहर उन्मुलन नमुना उपभोक्ता समाज, काठमाडौ महानगरपालिका वातावरण व्यवस्था विभाग टेकु, काठमाडौ उपत्यका खानेपानी कम्पनी, दिप हाईस्कुल भोटेवहाल, मुक्तिनाथ बिकास बैंक, युराशिया रेयुकाई लगायतका अभियान्ताहरुको उल्लेखनिय सहभागीता रहेको अध्यक्ष साउदले जानकारी गराए ।
आजको हप्तामा थापाथली पुल माथिको भागमा सरसफाई गरिएको र यस महाअभियानलाई निरन्तर अगाडी बढाइरहने प्रतिवद्धता पनि सहभागी संघ सस्थाहरुका अभियान्ताहरुले जाहेर गरेका थिए ।

कार्यक्रमका झलकहरु तस्विरमा ः

No description available.

You can share this post!