बागमती सेरोफेरो नियाल्दै गर्दा

-अभियान्ता प्रिया लामिछाने

बागमती सफाई महाअभियानको ४०९ औँ शृङ्खला सम्पन्न हुँदैगर्दा आजैका दिनमा अधिराज्य भर सँयौ स्थानमा सफाई कार्यक्रम सम्पन्न भएका छन् ।

यति लामो अभियान संचालन हुँदैगर्दा नत यसको कुनै काम गर्ने कार्यालय छ, नत यस अभियान संचालन गर्ने गराउने आर्थिक पैसा नै छ । नत यसको कुनै सफाई सहभागिताहरुको दर्ता रजिस्ट्रेसन गर्ने गरेको अफिस छ । नत यस अभियानलाई संचालन गर्ने गराउने समिति कमिटी ,बोर्ड सदस्य नै छन् यो अभियान एउटा राष्ट्रिय महाअभियान बनिसकेको देख्छु म र यस्तो अभियानमा शुरुवात समयदेखि सहभागि हुन पाएकोमा गर्भ गर्छु । म यो अभियान प्रत्येक शनिवार निश्चित समयमा निश्चित ठाउँमा निश्चित समयभित्र शुरुगरि निश्चित् समयमा अत्य हुन्छ र हुनेगरेको छ ।  

केवल यो अभियान राष्ट्र र राष्ट्रियता प्रति गम्भिर अनुशासित एउटा नागरिकको दायित्व राष्ट्रको नाममा हप्तामा दुई घन्टा बागमती सफाई महाअभियान गर्ने भनि बिगत ७ बर्ष अगाडि २०७०\०२\०५ गतेका दिन मुख्य आभियनता आदरणीय पुर्व मुख्य सचिव तथा चाईनाका लागि नेपाली राजदूत श्री लिलामणि पौडेल ज्युको मुख्य संयोजकत्वमा शुरुवात भई आजको दिनसम्म निरन्तर चलिरहेको राष्ट्रिय, अन्तराष्ट्रिय अभियानको एउटा अभिन्न अंग बनेको एकमात्र अभियान बागमती सफाई महाअभियान ।

यस अभियानमा बिगतदेखि आजको समयसम्म आईपुग्दा लाखौको संख्यामा अभियन्ताहरु जिडिसक्नु भएको यत्र-तत्र तपाई हामीले देख्न सक्छौ भने त्यसैगरि सयौ संघसंस्थाहरुले बृहतरुपमा सहभागिता, सहयोग र सहकार्य गर्दै आएको देख्न सुन्न सक्छौ यति लामो स्वयमसेवक अभियानका क्रममा सफाई स्थलमा आई माक्स, पंजा, बुट, सुईरो, डोको, (सफाई सामग्री) बाहेक कसैबाट आर्थिक लिने दिने गरेका छैन र गर्ने पनि छैनौ । सात बर्ष अगाडीको सफाई क्षेत्र स्थल र आजको सफाई क्षेत्र स्थल तपाई हामि जोकोहीले प्रतक्ष अप्रतक्ष गएर हेर्न घुम्न देख्न, आनन्द महसुस गर्न सक्छौ ।

शुरूवाति समयमा नदीभित्र पसेर ढलभित्र चुर्लुम्म डुबेर गु-मुत सोर्दै, मरेका मानव, जनावर निकाल्दै काखीमा च्याप्दै खोलाबाट मुस्कान सहितको सयौ अभियन्ता निस्कँदै एक अर्कामा फोहोरको पोकालाई आदान-प्रदान गर्दै सम्बन्धित ठाउँसम्म पुरयाउने गर्छौ र आजपनी गरीरहेका छौ, गरिरहने पनि छौ । यसरि सफाई महाअभियान चलिरहँदा नदी वरपर मापदन्ड विपरित घर, टहरा, अपार्टमेन्ट बनाउने, सरकारि जग्गा हडप्ने, अव्यवस्थित व्यापार व्यावसाय गर्ने, जथाभावी पार्किङ गर्ने, शुकुम्वासी को नामना सरकारि जग्गा अतिक्रमण गर्ने-गराउने, दिनप्रतिदिन बढ्दै गइरहेको तपाई हामी जोकोहीले देख्न सकिन्छ तर सरकार जिम्मेवार निकाए भने मौन बसिरहेको देखिन्छ । होईन भने बागमती नदीलाई स्वच्छ, हराभरा बनाई खोलाको किनारमा सुन्दर बगैचाहरु हुर्किरहेका छन्, जसले पर्यटकलाई आकर्षित गरिरहेका देखिन्छन्, जसले गर्दा राज्यले यस क्षेत्रमा थप पहल गर्न आवश्यक देखिन्छ ।

यस्तो अवस्थामा हामी अभियान्ताहरु एकजुट भइ सरकार र सरोकारवाला निकायलाई खबरदारी संगै सहयोग गरि ज्यानको प्रवाहा नगरि खोलाको किनारमा बनाइएका अब्यबस्थित घरहरु हटाउन, बाटो बाटोमा जथाभावी फोहोर फाल्नेलाई कारवाही गर्न, अटेरी गर्नेलाई जरिवाना सहित कारवाही अगाडि बढाउदै निरन्तर अगाडि बढिरहेका छौ । यसरी सफाई महाअभियान चलिरहेको अवस्थामा केही केही मिडियामा, पत्रपत्रिकामा बागमती सफाई अभियताका नाममा करोडौं हिनामिना भनेको समाचार आउँदा हामी अभियान्ताहरुको उत्साहा र उत्प्रेरणामा नराम्रो चोट पुग्ने गरेको छ । यस्तो भ्रामक समाचार सत्य-तथ्य पत्ता नलगाई ठुला-ठुला मिडियामा आउनु दुखद् हो र विल्कुलै झुटो हो । बागमती सफाई अभियान्ता र बागमती एकीकृत विकास समिति फरक हुन् भनि बुझ्नुपर्छ ।

हरेक शनिवार बिहान साधन हुने साधनमा नहुने पैदलमा अथवा पब्लिक गाडिमा वा कोही कसैको साधनको सहयोगमा निश्वार्थ भावनाले ओतप्रोत भैई सहभागी हुन्छौ यसरि सहभागि भैई सफाईपछि फर्किदै गर्दा तपाईले पो भत्ता खाएर सफाईमा जानुहुन्छ अनि सफा नगरेर हुनछ त ? पैसा दिनुन हामी पनि गर्छु भन्दै यो त सफाई गर्ने व्यक्ती हो भनेर हेप्ने, आफु बसेको एरियामा फोहोर फालिदिने, नराम्रो दृष्टिले हेर्ने, ब्यवहार देखाउने गर्छन्, अवश्य त्यो राम्रो सन्देश होईन । हामी सफाई अभियान्ताहरुले राज्यलाई सहयोग गरिरहेका छौ । एउटा असल नागरिकको जिम्मेवारी दायित्व पुरा गरिरहेका छौ, लाँखौको महलमा बस्ने आफुले खाएको फोहोरलाई व्यवस्थापन गर्न नसक्ने, चिल्लो कार, महँगो गाडिमा हिड्ने, खाएको, पकाएको, लगाएको आन्द्रा भुँडी सहितको फोहोरको पोको गाडिको शिसाबाट फुत्त मनपरि ठाउँमा फ्याक्ने, यो कस्तो अनुशासन हिन काम हो भन्ने अलिकति भएपनि नसोच्ने । कुनै-कुनै प्राइभेट संघसंस्थाहरुले एक ठाउँबाट फोहोर उठाएर ब्यवस्थित ठाउँसम्म सहि तरिकाले ब्यवस्था गर्न अझै सकिरहेका छैनन् त्यो सुधार हुन आवश्यक छ ।

राज्यको ध्यान जानु आवश्यक देखिन्छ सरकार र सरोकारवाला निकायले नदिलाई कसरि सफा, सुन्दर नदिकै रुपमा लान सकिन्छ, दिनप्रतिदिन बढ्दै गइरहेको ढल मिसावटलाई कसरि नियन्त्रण गर्न सकिन्छ, बागमती नदि लगायत सहायक नदिनालाहरुलाई कसरी ब्यवस्थित गर्न सकिन्छ भनि सोच्न र कार्यावयनमा उतार्न धेरै ढिला भैसकेको छ, यस विषयमा सम्बन्धित निकायको ध्यानाकर्षण होस् ।

अभियान्ताहरु मात्रै नभएर सर्वसाधारण जनताहरु जो बागमती नदीलाई माया गर्नुहुन्छ उहाँहरु नदीमा पौडिन, नुहाउन चाहान्छौ , तर जिम्मेवार निकायहरु ढल व्यवस्थापन र बागमतीको सुन्दरतामा थप आमुल परिवर्तन ल्याउन नसकिरहेको कारणले हामी अभियान्ता आजका दिनसम्म केवल खोलाभित्र पसेर गु-मुत संग डुब्दै फोहोर उठाइरहेका मात्रै छौ, सरकार आखिर कहिले सम्म ?  सफाई अभियानका नाममा सम्बन्धित निकायले प्रतेक वर्ष लाखौ बजेट ढल निकास, बाटोघाटो, बगैँचा पुनर्निर्माण भन्दै बजेट निकासा गरिरहेको हुन्छ, दुई-दुई बर्षमा आयोजना प्रमुखहरु नियुक्ति संगै बिदाई हुने गरिरहेको देखिन्छ सुनिन्छ, हामी सफाई अभियान्ताहरु एकजुट भैई निरन्तर लागिरहदा सफाई सम्बन्धि वर्तमान अवस्थामा भैरहेका सकारात्मक, सुझाव, समस्या र समाधानका उपायाहरुको नोट बुक तयार गरि सम्बन्धित निकायहरुका जिम्वेार ब्यक्तिहरुलाइ लिखित प्रतिवेदन बुझाइरहेका छौ । यसै सुचना मार्फत प्रश्न गर्न चाहान्छु ।

उक्त प्रतिवेदनका काम कार्वाही कहाँ, कसरी कार्यान्वयन भइरहेकाछन् वा हुदैछन् ?

You can share this post!