पत्रकार सुशील शर्माकाे निधन

काठमाडाै – पत्रकार सुशील शर्माको ६३ वर्षका उमेरमा चावहिलकाे ओम अस्पतालमा निधन भएको छ । उहाँले एक वर्षअघि फिस्टुलाको शल्यक्रिया गराउनुभएको थियो । रोग पूर्णरुपमा निको नभइ समस्या भोगी रहनुभएका उहाँको शुक्रवार निधन भएको पारिवारिक स्रोतले जनाएको छ । तीन दिनदेखि यही अस्पतालमा उपचाररत हुनुहुन्थ्यो । 

राइजिङ नेपाल, काठमाण्डाै पाेस्ट, स्पोर्ट्स लाइट र बीबीसी नेपाली सेवामा लामो समयसम्म पत्रकारिता गर्नुभएका पत्रकार शर्मा नेपाल वातावरण पत्रकार समूहका कार्यसमितिमा रही केही समय योगदान पुर्‍याउनुभएकाे थियो ।

आफूमात्र होइन, पत्रकारिता क्षेत्रमा लाग्ने सबै व्यक्ति मेहनत र इमानदार हुनुपर्छ भन्ने मान्यतामा प्रतिबद्ध रहनुभएका उहाँ मिलनसार, देखेको कुरा भन्ने र लेखेका कुरामा अडिग स्वभाव रहेको उहाँका समकक्षी पत्रकार तीर्थ कोइरालाले स्मरण गर्नुहुन्छ ।  शर्माकाे शुक्रवार नै पशुपति आर्यघाटमा दाह संस्कार गरिँदैछ । उहाँकी श्रीमती र एक छोरा हुनुहुन्छ ।

You can share this post!