सिंह शहर छिर्छ अनि स्यालहरुको हरिबिजोक हुन्छ

तुफानसिंह कालिकोटे

पछिल्लो नेपाली राजनीतिमा आएको भीषण चर्चा बिद्रोहि नेकपा खुल्ला राजनीतिमा आए पछि आत्तिएका केही समुह हरु एक अर्को गर्दै सकिने संकेत देखा पर्न थालेको छ संसद बिगठन पछि पुर्न स्थापनाले सत्ताधारी नेकपा र अर्को प्रचण्ड समुहलाई निकै दर्दानाक पिडा दिएको छ । जो नेपाल कम्युनिस्ट पार्टी नाम राख्दै पार्टी एकता गरेको झन्डै तीन बर्ष पुगेको र उक्त नाम निर्वाचन आयोगमा पहिला नै दर्ता भएको ले उक्त नाम ऋषि कट्टेल को पार्टी दर्ता भएकोले उहाँलाई दिएको ले अहिले आएको राजनीतिमा डामाडोल भएको देखिन्छ ।

कोहि रुदै एमाले त कोहि माओवादी केन्द्र लाई निरन्तरता दिने दौड धुपमा छ्न यो देख्दा दयाँ लाएर आउछ अर्को तिर हाम्रो पार्टी खुल्ला राजनीतिमा आहिराख्दा दलाल हरुको सातो गएको छ र हिजो प्रतिबन्ध लगाउदा कम्मर कसेर लाग्नेहरु अहिले पार्टी खुल्ला राजनीतिमा आउँदा किन टाउको दुखाई भन्ने कुरा राम्रोसँग थाहा छ कि उनीहरु कमजोरी भै सकेका छ्न जो नेपाली राजनीतिमा तिनीहरुको अब केही लाग्ने वाला छैन। जब सिंह शहर छिर्छ नि स्यालहरुको एस्तै हरिबिजोक हुन्छ जो अहिलेका केही पार्टीका स्याल हरुको हालत निकै दयनीय छ त्यो मुल्यांकन पनि सजिलै गर्न सकिन्छ बिस्तारै जनताले बहिष्कार गर्दै छ्न असफल संसदिय ब्यबस्थाको विकल्प बैज्ञानिक समाजबाद अपरिहार्य खोजी रहेका छ्न हो तेहि ब्यबस्थाको लागि बिप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी बिगत केहि बर्ष यता निरन्तर आफ्नो अभियान जनताको सामु लियए गएको तपाईं हामिमा छर्लङ्ग छ ।

पछिल्लो राजनीति गतिविधि तीब्र र जनताको मायाले देसैभरी बिप्लव मय भएको देख्दा तत्कालीन कथित दुहि तिहाईको सरकारले प्रतिबन्ध सम्म लाउन भ्यायो उहिनिहरुको प्रतिबन्धले नेकपा लाई अझै स्पात र देश ब्यापीरूपमा आफ्नो राजनीति गतिविधि गर्न सफल रर्यो विशेष गरि ती आधार ईलाकाहरुमा अझै उर्जा दियो तत्कालीन कथित सरकार असफल भयो जो उस्ले नेकपा लाई १ महिना मै नियन्त्रण गर्ने दिवा सपना सम्म देख्यो र त्यो नेकपाले असफल पार्दियो । अहिले आफैले लाएको प्रतिबन्ध आफैबाट राजनीति सहमतिमा खोल्ने निणय गर्यो र अहिले नेकपा खुल्ला राजनीतिमा आएको छ यो अबस्थामा नेपाली राजनीतिमा विभिन्न टीका टिप्पणी आएको छ र पार्टी लाई प्रतिगमन कारी केपि संघ सम्झौता गर्यो भन्ने हरुको निकै जमात छ यो बिलकुल गलत टिप्पणी हो भन्ने कुरा आदरणीय महासचिव पार्टी प्रबक्ता बार्ता समिति सदस्य उदय चलाउने ले प्रष्ट पारी सक्नु भएको छ ।

यो बार्ता पार्टी एकीकरण भन्ने हरु लाई राम्रोसँग अध्यन गर्न पहिलो हाम्रो आग्रह हो बार्ता सरकार सङ नै गरिन्छ जो केपि सेर बहादुर प्रचण्ड जो सुकैहोस सरकारमा तेसैले अहिले तत्काल केपि ओलि ले नेतृत्व गरेको सरकार संघ बार्ता गरिएको हो जो ३ बुदे सहमति भएको प्रस्ट छ त्यो बुदामा कहि कतै पार्टी एकता र केपि ओलि कै नेतृत्वको सरकार संघ मिलेर जाने कुरा कतै भनिएको छैन । यधपी बैज्ञानिक समाजवाद कि अहिलेको संसदिय ब्यबस्था भन्ने बारे व्यापक छलफल गरि जनमत संग्रहमा जान सकिने कुरा चै प्रष्ट पारेको छ त्यो अहिलेकै सरकार संघ मिलेर जाने चै होइन तेसैले अनावश्यक कुतर्क गर्न गर्न आबसेक छैन पार्टी हिजो पनि एकीकृत जनक्रान्ती हुँदै बैज्ञानिक समाजबाद कै बाटोमा थियोे आज पनि तेहि यात्रामामा छ जो जनताकै भावना अनुसार छ ।

देश र जनताको मुक्ति नभए सम्म निरन्तर क्रान्ति जारी छ उदेश्य होइन रणनीति फरक हो साथीहरू हामी कुनै पनि हालतमा बिचलित हुने कुरा छैन अझै खुल्लारूपमा जनताको बिचमा आफ्नो पार्टीको प्रष्ट विचार नीति सहित जाने मौका मिलाई दिएको मा केपि सरकार लाई धन्यवाद नै दिनु पर्छ । दलाल राज्य सत्ताका विरुद्ध हिजो पनि हाम्रो आवज बुलन्द थियो र भोलि पनि रहन्छ नै हामी चाहन्छौं भ्रष्टाचार मुक्त समाज अनि जनतामुखी सरकार ब्यबस्था बदल्न तेसैले एकीकृत जनक्रान्तिको यो महान यात्रामा छौ एक दिन पक्कै जित हुने छ हरेस होइन साथीहरू अझै लामो यात्रा तय गर्नु छ ।

हामिले युद्ध चाहेका छैनौं हिजो पनि आज पनि हामीले त जनताको कुरा आवज बोलेका छौं तेसैले त हामी आज पनि जनताकै घरदैलोमा छौ जो जनताको मुक्ति नभए सम्म लडिरहने छौं बरु मृत्यु स्वकार्य छ हार होइन ।

You can share this post!