विप्लवले अाफ्नाे सुरक्षामा पठाएका सुरक्षाकर्मीलाइ गरे फिर्ता

काठमाडाै –

सरकारले नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’को सुरक्षाका लागि इन्स्पेक्टरको कमाण्डमा १० जना सुरक्षाकर्मी खटाएको थियोे । सरकारसँग सहमतिसँगै फागुन २१ गते सार्वजनिक भएका महासचिव विप्लवलाई प्रहरी निरीक्षकको कमाण्डमा १० जनाको सुरक्षाकर्मी खटाइएको थियोे । काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले गृहको निर्देशन अनुसार सुरक्षा व्यवस्था मिलाएको जानकारी दिएका छन् ।

महानगरीय प्रहरी परिसर, काठमाडौंका प्रहरी वरिष्ठ उपरीक्षक अशोक सिंहले विप्लवको सुरक्षाका लागि इन्स्पेक्टरको कमाण्डमा टोली खटिएको जानकारी दिए । सरकारले विप्लवको लागि अगुवा गाडि पनि उपलब्ध गराएको थियोे । यता नेकपाका महासचिव विप्लवले सुरक्षा व्यवस्थाका लागि आफू नेता कार्यकर्ता र जनता संगै भएकोले सरकारी सुरक्षाआवश्यक नरहेको भन्दै फिर्ता पठाएका छन् । सरकार र विद्रोही नेकपा विच सहमति भएपछि गतहप्ता नवलपुर बाट सार्वजनिक भएका विप्लवलाई प्रहरीले नवलपुर बाट स्कट्ङी गर्दै काठमाडौ पुर्याएको थियोे ।

You can share this post!