कैलालीमा युवा संगठन नेपाल संगठन विस्तारमा तिव्रता दिदै

धनगढी– नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी निकट युवा संगठन नेपाल कैलालीले संगठन विस्तारलाई तिव्रता दिएको छ। संगठन विस्तारकै क्रममा कैलारि गाउँकमिटि गठन गरेको छ। अध्यक्ष आशराम चौधरी,उपाध्यक्ष सुरज चौधरी र सचिवमा दिपक चौधरी सर्वसम्मत निर्वाचित भएका छन। त्यस्तै सहसचिवमा वेद, कोषाध्यक्षमा संजिव कठरिया रहनुभएको छ।

सदयहरुमा अरुण,पार्वती,नरवाहादुर,जियाराम, दिलबाहादुर,रामचरण, नरेन्द्र लगाएत १५ सदस्यीय कमिटी गठन गरिएको हो । भेला कार्यक्रमका प्रमुख अतिथि नेपाल कम्युनिस्ट पार्टीका जील्ला सेक्रेटरी करन थारु रहनुभएको थियो। अतिथिमा युवा संगठन नेपाल कैलाली संयोजक पुष्प भट्ट,नेपाल कम्युनिस्ट पार्टी कैलाली जिल्ला सचिवालय सदस्य कैलारि एरिया इन्चार्ज विरु चौधरी,कैलारी एरिया एसिएस राजेस रहनुभयको थियो।

You can share this post!

Previous article