नारी दिवश !

बिपी बिद्राेही

गिद्दे नजर लागाउने को गाला चडकाउनु पर्छ नारी

शोषण हुन्छभने आफ्नै घरमा बम पडकाउनु पर्छ नारी

आफ्नै आमापनि नारीहुन भन्नेकुरा बुझ्दैन यो दुनियाले

त्यसैले सामानताको गतिलो चेत खडकाउनु पर्छ नारि

तिमिलाई सस्तो खेलौना जस्तो बनाइयो हिजोदेखीनै

तिम्रो अभाबमा दुनिया लाई तडपाउनु पर्छ नारि

नारा लगाएर मात्र टेर्नेवाला छैन यो पितृसत्ताले

दलाल सत्ताको सातो जाने गरि झडकाउनु पर्छ नारि

तिमीले नगरे के होला ती साना नानिहरुको भबिस्य

त्यसैले हात समाउदै पर्खाल फडकाउनु पर्छ नारी।

You can share this post!