बैंकहरु कर्जा प्रवाहमा आक्रामक बन्दै, सातामा ११ अर्बले निक्षेप बढ्दा २७ अर्बको लगानी

काठमाडौं- बाणिज्य बैंकहरु कर्जा विस्तारमा थप आक्रमक बन्दै गएका छन्। फागुन दोस्रो सातामा मात्रै बैंकहरुले २७ अर्बले कर्जा विस्तार गरेका छन्। फागुन पहिलो सातामा बैंकहरुले १७ अर्बले कर्जा बढाएका थिए। फागुन महिनाको पहिलो दुई सातामा मात्रै ४४ अर्बले कर्जा लगानी गरेका छन्।

फागुन दोस्रो सातामा बैंकहरुले ११ अर्बले मात्रै निक्षेप बढाएको देखिन्छ। ११ अर्बले निक्षेप बढाउदा कर्जा विस्तार भने २७ अर्बले बढाएका हुन्। बैंकहरुले कर्जा लगानीको अधिकतम सिमा छुन लागेका छन्। यदि यहि हिसावले कर्जा विस्तार गर्दै जाने हो भने बैंकहरुमा पुनः तरलता अभाव हुँदै जाने अवस्था रहन्छ। तत्कालै तरलता अभाव हुने अवस्था नरहे पनि भोलिकोका दिनमा पनि आक्रमक रुपमा कर्जा विस्तार भैरहने हो भने लगानी योग्य पुँजीको सिमा खुम्चिदै जाने विश्लेषकहरु बताउछन्।

यो समय सरकारको पुँजीगत खर्च हुने समय भएकाले उद्योगी व्यवसायीले कर्जा लिएर निर्माण जन्य सामाग्री खरिद गरिरहेका छन्। निर्माण कम्पनीहरुले कर्जा लिएर विकास निर्माणका काम गर्ने भएकाले बैंकहरुमा कर्जा माग बढिरहेको छ। सरकारले बजेट खर्च गर्दै गए पनि पुन बजारमा पैसा आउने बैंकरहरु बताउछन्। सरकारले जति धेरै खर्च गर्छ बजारमा त्यहि अनुपातमा तरलता शिर्जना हुँदै जान्छ। यसले गर्दा पनि कर्जाको मागलाई धान्न सक्ने विश्लेषण गरिएको छ।

You can share this post!