घट्यो सुनको मुल्य

काठमाडौ – नेपाली बजारमा साताको तेस्रो दिन आज मंगलबार सुन तोलाका १ हजार ७ सय रुपैयाले घटेको छ आज छापावाल सुन प्रतितोला ९५ हजार ५ सय रुपैयाका कारोवार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।

त्यस्तै, तेजावी सुन प्रतितोला ९५ हजार रुपैयामा कारोवार भइरहेको छ । यसैगरी आज चाँदीमा पनि भारी गिरावट आएको छ । आज चाँदी तोलामा ९० रुपैया घटेर प्रतितोला १ हजार २सय ३० मा कारोवार भइरहेको महासंघले जानकारी दिएको छ ।

You can share this post!