राष्ट्र बैंकको प्रवक्तामा ढकाल नियुक्त

काठमाडौं – नेपाल राष्ट्र बैंकको प्रवक्तामा देवकुमार ढकाल नियुक्त भएका छन् । यसअघिका प्रवक्ता तथा अनुसन्धान विभागका प्रमुख डा. गुणाकर भट्टको सरुवा बैंक सुपरिवेक्षणमा भएपछि ढकाललाई चैत १० गतेदेखि लागू हुनेगरी प्रवक्ता तोकिएको हो । राष्ट्र बैंक नियमन विभागका प्रमुख रहेका ढकाल वरियतामा तेस्रो स्थानका कार्यकारी निर्देशक हुन् ।

You can share this post!