नेकपा अछामद्धारा शहिद परिवारलाई अभिनन्दन

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी अछामले शहिद परिवारलाई सम्मान गरेको छ । जिल्ला कमिटी अछामको आयोजनामा शहिद सप्ताहा २०७७ अवसरमा उनिहरुलाई सम्मान गरिएको हो ।

जिल्लाको क्षेत्र नम्बर १ रामारोशन गाउँपालिकाको भटाकाटिया र क्षेत्र न. २ कमलबजार नगरपालिकाको डुंगालामा शहिद परिवारलाई दोसल्ला ओढाएर सम्मान गरिएको नेकपा अछामले जनाएको छ ।

कार्यक्रममा नेकपा अछाम पार्टी सचिवालय सदस्य कमल थापाले शहिदका अधुरा सपना पुरा गर्नका लागि वर्तमान राज्यसत्ताले वेवास्ता गरेको र आफुले शहिदका सपना पुरा गरि छाड्ने प्रतिबद्धता जनाए ।

संसदीय व्यवस्था असफल सिद्ध साबित भएको र नेपाली जनताले यसको विकल्प खोजुपर्ने बताए । नेपाली जनताले खेप्नुपरेको राजनैतिक संकट टार्न अहिलेका विद्धमान पार्टीले नसक्ने पनि ठोकुवा गरे ।

अहिले भष्टाचार संस्थागत भएको र नेकपाले भष्टाचार, अन्याय, अत्याचार, विकृति विसंगति विरुद्ध आवाज उठाउँदै गर्दा प्रतिबन्द खेप्नु परेको थापाले बताए ।

कमलबजार नगरपालिका इन्चार्ज युवराजको अध्यक्षतामा भएको सम्मान कार्यक्रममा प्रमुख अतिथि थापा रहेका थिए भने कार्यक्रमको सञ्चालक सुमनले गरेका थिए ।

कार्यक्रममा अथिति अखिल नेपाल महिला संघ क्रान्तिकारी जिल्ला संयोजक रचनाले शुभकामना मन्तव्य राखेकी थिइन् ।

You can share this post!