धनगढीमा रणनैतिक संयुक्त मोर्चाको बृहत जनसभा

धनगढी –

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीसहित चार पार्टीको रणनैतिक संयुक्त मोर्चाको आयोजनामा आज संघर्षका कार्यक्रम अन्तरगत कैलाली जिल्लाको धनगढीमा “दलाल पुंजीवादी संसदीय व्यवस्थाको खारेज गरौं ! जनगणतन्त्र÷वैज्ञानिक समाजवाद स्थापना गरौं।” भन्ने मूलनारा सहित विभिन्न नाराहरू लगाउँदै सुरु भैरहेको ¥याली बृहत जनसभामा परिणत भएको समाचार प्राप्त भएको छ ।

केही समयमै उक्त विशाल जनसभामा नेकपा (क्रान्तिकारी माओवादी)को महासचिव मोहन वैद्य ‘किरण’, नेपाल कम्युनिस्ट पार्टीको अध्यक्ष ऋषिराम कट्टेल, वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टीको संयोजक विश्वभक्त दुलाल ‘आहुति’, नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीको शीर्ष नेताहरू लगायत मोर्चामा आबद्ध नेताहरूले सम्बोधन गर्ने कार्यक्रम रहेको आयोजकले बताएका छन ।

चार दलीय रण्नीतिक संयुक्त मोर्चाले गत फागुन ६ गते रूपन्देहीको बुटवलमा विशाल जनसभा आयोजना गरेको थियो ।

बुटवलको विशाल जनसभामा हज्जारौको जनसहभागिता रहेको थियो । बुटवलको जनसभालाई सम्बोधन गरेर फर्कने क्रममा मोर्चाका केन्द्रीय सदस्य भेषराज भुसाललाई प्रहरीले गैरन्यायिक ढंगबाट गिरफ्तार गरेको थियो । उक्त गिरफ्तारीको विषयलाई लिएर रणनीतिक संयुक्त मोर्चाले फागुन ७ गते पत्रकार सम्मेलन समेत गरेको थियो । उक्त सम्मेलनमार्फत भुसालको गिरफ्तारी प्रति मोर्चाले एक विज्ञप्ति जारी गरेर घोर भ्रत्सर्ना एवं निन्दा गर्दै रिहाईको माग गरेको थियो ।

त्यस्तै संघर्षको कार्यक्रम अन्तरगत फागुन १८ गते जनसभा – इटहरीमा हुने जनाइएको छ ।

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीसहित चार कम्युनिस्ट पार्टीले माघ २९ गते राजधानीको प्रज्ञा भवनबाट रणनैतिक संयुक्त मोर्चाको घोषणा गरेका थिए । कार्यक्रममा मोर्चाको अवधारणा पत्र, निती र कार्यक्रम घोषणा गरेका थिए । उनीहरुले जनगणतन्त्र र वैज्ञानिक समाजवाद  स्थापना गर्ने उद्देयका साथ रणनैतिक मोर्चा बनाएको विषय उल्लेख गर्दै संयुक्त हस्ताक्षर गरेका थिए ।

रणनीतिक मोर्चाबाट केन्द्र देखि स्थानीय तहसम्म संगठन पुनः संरचना गर्ने तयारी गरिएको र  रणनैतिक मोर्चा गठन गरेर अगाडी बढ्नुलाई महत्वका साथ लिइएको छ।

You can share this post!