माघ ३० गतेभित्र सबै बहस सकिनु पर्ने : चोलेन्द्र शमशेर

माघ २५, काठमान्डौ। प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले प्रतिनिधि सभा विघटन मुद्दामा माघ ३० गतेभित्र सबैको बहस सक्नु पर्ने बताएका छन् । सरकारी वकिलको बहस सकिएपछि सुनुवाइमा प्रधानमन्त्री केपी शर्मा ओलीका निजी वकिल रमेश बडाललाई बहसका लागि दिईएको २० मिनेटको समयमा पनि बहस नसकेपछि राणाले थप १० मिनेट थप्दै माघ ३० गतेसम्म सबै बहस सक्नुपर्ने प्रष्ट पारेका थिए।

संसद विघटनविरुद्ध संवैधानिक इजलासमा सुनुवाइ भइरहेको उक्त मुद्दामा आज (आइतबार) सरकारी वकिलको बहस सकिएको छ। अब प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख अग्निप्रसाद सापकोटा र सर्वोच्चले गठन गरेको एमिकस क्युरीका वकिलहरूको बहस र रिट निवेदकका वकिलहरूको जवाफी बहस बाँकी छ।

Source:NepalNews

You can share this post!