बदलिएको व्यवस्थाको अवस्था कहाँ बदलिन्छ र

– लक्ष्मण चौलागाईं विद्रोही

समानता र लोकतन्त्रको एजेन्डा बोक्नेले असमानता र विभेदको रुप देखायो भने क्रान्ती र परिवर्तनको कुरा गर्नेले परिवर्तन र क्रान्तिकारीको ढाड्मा दाल दल्यो भने बदलिएको व्यवस्थाको अवस्था कहाँ बदलिन्छ र

देश बनाउने प्रचारबाजी धेरै पहिला सुनियो आज नेता दल बनाउन सडक जाम गर्छ भने हजारौंहजारले रगतको पोखेको मातृभुमीमा नागरिकको हक कुन्ठित गर्छ भने बदलिएको व्यवस्थाको अवस्था कहाँ बदलिन्छ र

जनतासँग कर लिएर आफ्नो सेवासुविधाको जुगाड कुर्सीमा बस्ने अगुवाले नै गर्छ भने कर तिर्ने जनता शक्तिको दास र स्वतन्त्रताको कैदी बन्न विवश भैरहनुपर्छ भने बदलिएको व्यवस्थाको अवस्था कहाँ बदलिन्छ र

भुपरिवेष्ठित ,हिमाली सम्पदाको सर्वोच्च सम्पन्नताको धनी देश झन्झन् विपन्न बन्दै जान्छ भने भएका जडिबुटी कुहाउदै अमूल्य सम्पत्ती मिट्टिमा मिलाउदै युवा परनिर्भर बनाउछ भने बदलिएको व्यवस्थाको अवस्था कहाँ बदलिन्छ र

नेपाल नेपाल जस्तो हुन नपाउनुको पीडा विदेशी मुलुक जस्तो बनाउने झुठा भाषण बिक्न थाल्छ भने नेपाली विदेशीको दास बन्न विवश परिस्थितिलाई मध्यनजर अगुवाईले राख्दैन भने बदलिएको व्यवस्थाको अवस्था कहाँ बदलिन्छ र

You can share this post!