कैलालीमा ट्याक्टर र मोटरसाइकल ठोक्किँदा २ जनाको मृत्यु

१८, माघ काठमाडौं । कैलालीमा ट्याक्टर र मोटरसाइकल ठोक्किँदा २ जनाको मृत्यु भएको छ। जिल्लाको घोडाघोडी नगरपालिका–१० मा ट्याक्टरको पछाडि मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु भएको हो ,मोटरसाइकलमा सवार २२ वर्षीय गोविन्द बूढा र १७ वर्षीय मानबहादुर बूढाको मृत्यु भएको जनाइएको छ।

म १ त ५४२ नम्बरको ट्याक्टरको पछाडि बा ९१ प ४०४ नम्बरको मोटरसाइकल गएराति ११ बजेतिर ठोक्किएको थियो। प्रहरीका अनुसार दुर्घटनामा गम्भीर घाइते गोविन्द र मानबहादुरको घोडाघोडी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो।

ट्याक्टर चालकलाई सुक्खड प्रहरीले पक्राउ गरेको छ।

You can share this post!