लोकेन्द्र जयगडीको “दोधार मा परेको छ मेरो माया”

१९, माघ काठमाडौं । बलिउड नगरी मुम्बई बाट पनि नेपाली चलचित्र को निर्माण गरिराख्नु भएका निर्देशक लोकेन्द्र जयगडी, उनको एल सि फिल्मस कम्पनी ले नेपाली साँगीतीक कार्यक्रमका साथ साथै नेपाली फिल्म तथा म्युजिक भिडियो को निर्माण पनि गरिरहेका छन्।

एक दशक देखि मुम्बईमा बस्दै आएका जयगडी केहि बर्ष पहिले नेपाली चलचित्र ॥देशविदेश॥, ॥लभ इन दार्जिलिङ॥ लगायतका चलचित्र निर्माण गरेका र भारतमा नै रीलीज गरेको जानकारी दिनु भयो, फेरि पनि एल सि फिल्मस ले मुम्बई बाट नै अर्को नेपाली फिल्म ॥दोधार मा परेको छ मेरो माया॥ नामक फिल्म को घोषणा गरेका छन्। यो फिल्म को आधिकाँश छायाकन मुम्बई र पुनेमा हुने जानकारी गराएका छन्।

साथै सो फिल्मको शुभ मुर्हत पनि गरेका छन्, शुभ मुर्हत कार्यक्रम मा रमेश सिंह कल्पना थापा, सङ्गितकार तथा गायक सुरज मान जयगडी लगायत फिल्मकर्मी, व्यवसायि, बस व्यवसायि, पत्रकार लगायत प्रवासी नेपाली हरुको पनि उपस्थिति रहेको थियो।

दोधार मा परेको छ मेरो माया॥ चलचित्र लाई जनहित यातायात मोहन्याल टुर & ट्राभल्सले बजार मा ल्याउने तयारी गरेको जानकारी निर्देशक लोकेन्द्र जयगडीले बताउनु भयो।

Kitesansar.com को तर्फबाट शुभकामना।

You can share this post!