अछाममा कोरोना संक्रमणबाट १ जनाको मृत्यु ।

खकेन्द्र भण्डारी, 

अछाम जिल्लामा कोरोना संक्रमणका कारण १ जनाको मृत्यु भएको छ। जिल्लाको बान्नीगढी जयगढ गाउँपालिका वडा न ३ बर्दादेविका ३४ बर्षीय पुरुष आज जिल्ला अस्पताल अछाममा मृत्यु भएको हो । उनी भाद्र २५ गते भारत बाट अछाम पुगेका थिए । मृतक पुरूषको डोटी अस्पतालको प्रयोगशाला कोरोना परीक्षण गर्दा ९ गते पोजेटिभ देखिएको थियो । मृतक सहित क्यारेन्टाईममा बसेका थप १९ जनामा कोरोना पोजेटिभ देखिएको थियो । स्वास्थ्य समस्या भएपछि शनिबार (आज) उनलाई जिल्ला अस्पताल मंगलसेन लगिएको थियो, उनको आज बेलुका नौ बजे मृत्यु भएको जिल्ला अस्पताल अछामले जानकारी दिएको छ।

You can share this post!