कैलालीमा बस दुर्घटना हुदाँ १४ जना घाईते ।

धनगढी ।

कैलालीमा बस दुर्घटना हुदाँ १४ जना घाईते भएका छन । धनगढीबाट नेपालगञ्ज गईरहेको ना ७ ख ३८३६ नम्बरको बस पूर्वपश्चिम राजमार्गको राजीपुर जंगलमा दुर्घटना भएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता तथा प्रहरी नायव उपरिक्षक प्रतिक विष्टले १४ जना यात्रुहरु घाईते भएको बताए ।
उनले घाईते १४ जनाको स्थानीय अस्पतालमा उपचार भईरहेको जानकारी दिए । मानविय क्षेती भने नभएको प्रहरीले जनाएको छ ।

You can share this post!