कैलालीमा एक स्वास्थ्य कर्मीलाई कोरोना पोजिटिभ

खकेन्द्र भण्डारी, टिकापुर – कैलालीमा एकजना स्वास्थ्य कर्मिलाई कोरोना पोजिटिभ देखिएको छ । कैलाली जिल्लाको जानकी गाउँपालिका वडा नं २ को खैरेनी स्वास्थ्य चौकीका एकजना स्वास्थ्य कर्मिलाई कोरोना पोजिटिभ देखिएको हो ।
सेती प्रादेशिक अस्पताल धनगढीको प्रयोगशालामा पीसीआर परिक्षण गर्दा उनलाई कोरोना पोजिटिभ देखिएको थियो । कोरोना संक्रमण पुष्टि भए पश्चात उनलाई सोही स्वास्थ्य शाखाको आइसोलेशनमा राखिएको जानकी गाउँपालिका वडा नं २ का अध्यक्ष रामकृष्ण थारुले काईट संसारलाई जानकारी गराए ।

साथै स्वास्थ्य चौकीमा कार्यरत कर्मचारीलाई कोरोना पोजिटिभ देखिन गएको हुँदा आजको मिति देखि लागु हुने गरि अर्को सुचना जारी नभए सम्म स्वास्थ्य चौकीका सम्पुर्ण सेवा बन्द रहने समेत जानकी नगर स्वास्थ्य चौकीले एक विज्ञप्ति मार्फत जानकारी गराएको छ ।

No description available.

You can share this post!