अखिल क्रान्तिकारी सेतीमहाकालीले बुझायो सीटीइभिटीलाई ज्ञापन पत्र

काठमाडौँ – अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) सेती–महाकाली क्षेत्रीय समन्वय समितिले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् सुदूर-पश्चिम प्रदेश कार्यालय धनगढीका निर्देशकलाई ज्ञापनपत्र बुझाएको छ ।

क्रान्तिकारीका सेती–महाकाली संयोजक विरेन्द्र शाहले बिहीबार बुझाएको ज्ञापनपत्रमा कोराना महामारीका कारण सिटिईभिटीले यस वर्ष प्रवेश परीक्षा नहुने गरि GPA  का आधारमा भर्ना आवेदनको सूचना जारी गरेको सन्दर्भमा सरकारी विद्यालयका विद्यार्थीहरु भर्नाबाट बञ्चित हुने देखिएको भन्दै सरकारी विद्यालयका ८० प्रतिशत र निजी विद्यालयका २० प्रतिशत विद्यार्थी भर्ना लिने व्यवस्था गर्न माग गरेको छ ।

यस्तै यस वर्षदेखि खारेज गरिएको प्रि–डिप्लोमा अन्तर्गतको स्वास्थ्य सम्बन्धि कार्यक्रमहरुको स्तर बृद्धि गरेर लागू गर्न र शैक्षिक पुर्वाधारबिना सञ्चालित प्राविधिक कार्यक्रमबारे कडाइँपूर्वक अनुगमन गरि आवश्यक कामहरूको कार्यान्वयन गराउन माग गरिएको छ ।

यस्तै रोकिएका परीक्षाहरु विभिन्न वैकल्पिक माध्यमद्वारा सञ्चालनको वातावरण तयार गर्न विभिन्न वैकल्पिक माध्यमद्वारा पठनपाठन सञ्चालन गर्न र बन्दाबन्दीको अवधिमा शिक्षण सिकाई शुल्क नलिन र लिइएको भए फिर्ता गर्न पनि क्रान्तिकारीले माग गरेको छ ।

No description available.

You can share this post!