चुस्छकी ! भवराले बचाउनै डर छ ।

सुनिता बस्याल

चुस्छकी ! भवराले बचाउनै डर छ ।

फुलाउन कोपिला, भगवानकै भर छ ।।

सुनी समाचार प्रश्नगरिन, तोते बोलिमै,

आमा!म सुरक्षीत हुन, कहा कुन घर छ ?

राष्ट्रपति महिला किन भइन ? प्रत्यकदिन,

हत्या,  हिंसा, बलात्कार घट्ना बरा-बर छ !!

फर्कन्छौ फर्कन्नौ, खेत स्कुल या बगानबाट,

छोरी  ! जानकार त केवल, ईश्वर उपर छ ।।

बलात्कारीलाइ सजाय, फासी हुने भए ,

मलाइ अझैपनि एउटा, छोरिको रहर छ ।।

You can share this post!