मान्छे ले रक्सी मासुको बदनाम गरिदियो

अन्जु भण्डारी

मान्छे ले रक्सी मासुको बदनाम गरिदियो ।

केही पाएन हत्याहिंसाको काम गरिदियो ।।

आफ्नो प्रमुख आयश्रोत मानेर बाबुले यहाँ ।

होटलमा सधै छोरीको रातको दाम गरिदियो ।।

कमाउन गएको छोरो बाकसमा आएपछि ।

परिवारको मुटुको धड्कन नै जाम गरिदियो ।।

गरीब किसान भनी चिनिएको मान्छेले पनि ।

आफ्ना सन्तानको बिवाहा धुमधाम गरिदियो ।।

You can share this post!