१३५६ कोरोना संक्रमित थपिए, ४८ प्रतिशत उपत्यकाका

काठमाडौं । देशभरका थप १ हजार ३ सय ५६ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । यसमध्ये झण्डै ४७.७१ प्रतिशत उपत्यकाका छन् । 


स्वास्थ्य  तथा जनसं‌ख्या मन्त्रालयका अनुसार ११ हजार १५४ जनाको पीसीआर परीक्षण गरिएकोमा १ हजार ३५६ जनामा संक्रमण पुष्टि भएको छ । 


काठमाडौंमा सबैभन्दा बढी ५ सय ११ जना संक्रमित भएका छन् । त्यस्तै, ललितपुरमा ७३ र भक्तपुरमा ६३ जना र ललितपुरमा  भक्तपुरमा ६३ जना संक्रमित भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । 
 

योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या ६६ हजार ६ सय ३२ पुगेको छ । सक्रिय संक्रमितको संख्या भने १८ हजार १ सय ४२ रहेको मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले जानकारी दिए । 

You can share this post!