पानीमा डुबेर एकै परिवारमा तीन जनाको मृत्यु

काठमाडौ – मोरङमा पोखरीमा डुबेर एक परिवारका तीन जनाको मृत्यु भएको छ। प्रहरीका अनुसार आमासहित दुई छोरीको मृत्यु भएको हो । आफैले माछा पालेको पोखरीमा डुबेर ग्रामथान ४ की ३५ वर्षीया सीता अधिकारी, १३ वर्षीया पवित्रा र ९ वर्षीया कृतिका अधिकारीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङका सुचना अधिकारी प्रहरी नायव उपरिक्षक मानबहादुर राईले जानकारी गराए। प्रहरीका अनुसार सीता आमा हुन भने पवित्रा र कृतिका दुबै छोरी हुन्।

छोरीहरु माछालाई चारो हाल्न गएका र दुवै जना पोखरीमा पौडी खेल्न पसेर डुबेको थाहा पाएपछि निकाल्न जाँदा आमा सीताको पनि मृत्यु भएको ग्रामथाम गाउँपालिकाका अध्यक्ष शिवनारायण माझीले जानकारी दिए। हिजो साझँसम्म पनि उनीहरु घरमा फेला नपरेपछि परिवारका अन्य सदस्य खोजी गर्ने क्रममा पोखरीभित्र शव फेला परेको थियो।

You can share this post!