कैलालीमा करेन्ट लागेर एक जनाको मृत्यु

खकेन्द्र भण्डारी, धनगढी – कैलालीमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ। जिल्लाको गौरीगगा नगरपालिकामा करेन्ट लागेर वडा नम्बर १० का २९ बर्षीय रघुविर धामीको मृत्यु भएको हो ।

खेतमा रहेको पोलमा हुक गरेर छोडिएको तारबाट करेन्ट लागेर उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरिक्षक प्रतिक विष्टले जानकारी दिए । जगली जनावरका लागि थापेको करेन्टको पासोमा परेर उनको ज्यान गएको उनले बताए। घटनाको अनुसन्घानका लागि ५ जनालाई नियन्त्रणमा लिएको उनले बताए ।

You can share this post!