दरबारबाट खोसेको गणतन्त्र महलतिर पुगेर विसर्जन हुँदा असोज ३ को अँध्यारोमा उज्यालो छाउन सकेन !

लक्ष्मण चौलागाईं विद्रोही

हजारौंको रगत बहाएर, हजारौंको सिउँदो पुछेर

हजारौं बालबालिकालाई गर्भमा नै टुहुरो बनाएर

हजारौँ आमा दुर्गादेवीहरुको काख रित्याएर

हजारौं बृद्द्बाआमाहरुको टेक्ने लठ्ठि भाँचिदिएर

हजारौंका छातीमा पापी क्रुर आदेशहरुले अंग भंग पारिदिएर,

छाती चिरी चिरी झुपडीका मुनाहरुको हत्या गरेर

वर्षौंपछी विरामी आमालाई ओखती मुलो

लिई जाँदै गरेको निर्दोषको घाँटी छिनालेर

घरैपिच्छे रुवावासी मच्चाएर

बार्ह बुँदेमा संसदीय दलाल व्यवस्थालाई स्विकार गर्दा

वस्तीवस्ती पिच्छे घाइतेका घाउहरु चहर्याइरहंदा

तिनैं घाउमा नुन चुक छरि,युज एन्ड थ्रो गरेर राखियो

बदलिएको व्यवस्थाको नाम लोकतान्त्रिक गणतन्त्र !

सामन्तीहरुले किचेर, थिचेर र पिल्साएर राखेको

सानो जाती भनिने नेपाली मानव मनहरुलाई

दलितको बिल्ला भिराएर जारी भएको कालो संविधान !

दशक लामो युद्ध र अशान्ती मच्चाएर

दशक पछि बल्ल बल्ल संविधान जारी गरेर

आधा नभरिएको गिलास जस्तो

रक्सी एउटै बोत्तल उहि पुरानोको पर्याय

छोटे भ्रष्ट राजाहरुको निकम्मा कुव्यवस्था

दलाल संसदवादी रबैयालाई

राजा र जनतालाई दास बनाएको अवस्था

विभेदकारी अन्धकार दिन असोज तीन पोतिएका छन,

विभेदकारी कालो संविधान मुर्दावाद भनेर

नागरिकहरु बल्ल बल्ल ब्युँझदैछन्

सचेतनाको दियो बाल्दै भन्दैछन्

ठूलालाई चैन सानालाई ऐन भएको विभेदकारी संविधान

खै के मनाउनु र  संविधान आइसकेपछी,

अपराधी र दलाल खोरमा जाक्न सक्ने

जनता मालिक सत्ता सेवक भै जनप्रेमी जनवादी सत्ता हाँक्न सक्ने

जारी भयो संविधान भनेर पोहोर परार

शुभकामना लेख्ने नेपाली कलमहरु

अहिले ठनक्कै भच्चिएका छन्

मैनाका अस्थिपन्जरहरु जलेनन,

माया र निर्मलाहरुले न्याय पाएनन् मदन, वीरेन्द्रहरुको स्मृतिमा

भावुक र गम्भीर नया व्यवस्था नहुँदा

कुमार पौडेल,तिर्थ घिमिरे लगायत दर्जनौं योद्धाहरुलाई

टाउकोमा गोली हानेर फाँसीवादी दलालले उडाईदिएको

न्यायको न कै हत्या गर्ने अपराधहरु हावी भएको

जनयुद्धमा मोर्चा कस्दै कस्दै अघि बढेको

कमान्डरलाई नै नचिन्ने प्रतिबन्धको राज्य चलाउदै

अधिनायकवाद लाद्ने युद्दका सुरिला कण्ठ र वस्ती ब्युझाउने

रक्तिम संगीत माहिला लामाहरुले

राणा श्री ३ राजा श्री ५ ले बनाएका जिर्ण जेलमा थुनिनुपर्ने

अलिकती मानवीय विवेक देखाउन नसक्ने

युजर प्रबृत्तिको नांगो राज चलेको देशमा

शालिकराम पुडासैनीका हत्यारा समेत बेखबर पारिदा

मदनअश्रीत विचारको बलात्कार, सहिद बलिदानको तिरस्कार गरिँदा

दरबारबाट खोसेको गणतन्त्र महलतिर पुगेर हराउँदा

असोज ३ को अध्यारोमा उज्यालो छाउन सकेन

र त जनता भन्दैछन असोज तीन कालो दिन !

विभेदकारी संविधान के मनाउनु र असोज तीन !

You can share this post!