दलित मुक्ती मोर्चा हैन मानव मुक्ती मोर्चा लेख्नुहोस्

लक्ष्मण चौलागाईं विद्रोही

विक, परियार र मिजारलाई कामी,

दमाई र सार्की महासामन्तहरुले बनाइदिए ।

हजारौंको रगतको खोलो बहाएर पनि विक,

परियार, मिजार, रम्तेल, नेपाली लगायतका थरलाई

दलित नव महाराज श्री प्रचण्डओलीहरुले बनाइदिए !

अझै पनि यिनैको झण्डा बोक्दै म दलित मुक्ती मोर्चाको

मान्छे भन्न लाज लाग्दैन

कोटामा बेचिएका (दलित भजाइएका) साथीहरूलाई ?

मिस्टर प्रचण्ड एन्ड ओली कम्पनीका महाशयज्युहरु

दलित जाती भन्ने शब्द संविधान बाट हटाइस्योस

र लेखिस्योस

नव महाराजज्युहरु हामी आम मानवजाती’भनेर !

सल्लाहकारहरुले सल्लाह दिन असक्षम जस्तो लाग्यो

हुन त महाशयहरु

आफैं विज्ञ होइसिन्छ तर पनि

किन महासामन्तीले किचेका मानव जातिलाई

कोटाको कालो पट्टि लगाइदिएको ?

विडम्बना ; तर दलित भनाइएका मानव जाती

आफैं आफुलाई दलित भन्दै हिडिरहेका

विडम्वना जहिले शासकको दास बन्ने

केही अगुवाको कारण किचिने, पिसिने

र थिचोमिचोमा पर्ने क्रम रोकिएको छैन ।

दलित आफैं भन्नुहुदैन ।

यो दलित शब्द हेपाहा शब्द हो ।

दलित मुक्ति मोर्चालाई मानव मुक्ती मोर्चा लेख्नुहोस् !

प्रश्न: दलित भनेर किन जात निर्धारण गर्यो

जनयुद्धको त्यो महान बलिदानका

रगतले ल्याएको परिवर्तनमा ?

नयाँ मौसुफहरुले यो प्रश्नलाई जबर्जस्त सुन्नै पर्छ ।

You can share this post!