नारी प्रधान समाज बनाउन नारीकै अग्रणी भुमिका चाहिन्छ ।

डा. घासी

शिलस्वभाबले भरिपुर्ण एक सज्जन छोरी दशभाइ छोरा बराबर हुन्छिन । प्राचिन कालमा पनि नारिहरु अगाडि थिइन् । सिता, राम, राधा, पार्वती इत्यादि । नारिहरुकै कारणले गर्दा बिभिन्न युद्ध पनि सन्चालन र सफल भएका छन । हामी नारिहरु अदम्य, शाहस र शक्तिले भरिपुर्ण छौ ।

समाज परिबर्तनका सम्बाहक श्रष्टिका सञ्चाल, सम्हारकर्ता पनि हौ । यसर्थ हामिमा यतिका क्षमता हुदाहुदै पनि हामी आफ्नै नामका रुपहरु सङ्ग कलन्कित छौ । हामिले नै हाम्रै बदनाम गरिरहेका छौ । हाम्राे समाजले नारीलाइ विभिन्न उपमा पनि दिएका छन् । जस्तै : बोक्सिनी, किचकन्नी, कलन्किनी यस्ता कुरुप अपसब्दका उपाधी एक नारीले अर्को नारीलाइ दिदै आएका छौ ।

यस्तै छाउपडी प्रथा, दाइजो प्रथा, गफा प्रथा, बहुबिवाह यस्ता कुरीतिलाइ मलजल गरी जिबन्त दिने काम सत्ता र स्वयंम हामी महिला बाट भएको छ । हामीलाइ हाम्राे समाजले लैङ्गिक विभेद त गरेकाे छ नै साथसाथै समाजले लादिएका उपमाहरूलाइ मलजल गरिरहेका छाैँ । घरमा नयाँ बुहारी आइन भने के कति कस्तो दाइजोपात आयो भनेर उक्त समानको गुणस्तरीयताको मुल्यान्कन गर्ने काम उहि सासु बाट भएको हुन्छ ।

बुहारी हेला छ भने उसलाइ हेला गर्ने पात्र उसको घरका नन्द अमाजु सासु आमा मुख्य मानिन्छन । यस्ता कुराहरु प्रष्ट देख्दा देख्दै पनि हामिले भन्ने गर्दछौ कि पुरुषप्रधान समाज भनेर । हामिले बुझेका छैनौ कि समाज नारी प्रधान नै हो हामिले पुरुष प्रधान बनायौ । अब यो समाजलाइ नारी प्रधान बनाउनका लागी जिम्मेवार, सशक्त पक्ष भनेको हामी नारी नै हौ । त्यसैले हामी नारिहरु सामाजिक मुल्यमान्यता र सस्कारमा ध्यान दिदै मेरो छोरी बहिनी जो कोहिलाइ छाउपडी बस्न दिन्न भन्ने प्रतिबद्धता गरौ ।

छोराको बिहे दाइजो रहित गर्दछु भन्ने दृढता लिइ असल सासु बन्ने मापदण्दको खोजी गरौ । घरमा श्रीमती भएका परपुरुश्ष सङ्गको गलत सम्बन्धलाइ त्यागौ । एक नारिले सिङ्गो समाज परिबर्तन गर्नका लागी असहज होला तर आफु एकलाइ परिबर्तन गराऔ । एक नारिले अर्को नारिको सम्मान गर्न सिकौ पुरुष प्रधान होइन नारी प्रधान समाज बनाऔ ।

You can share this post!