रामारोशन बाढीपीडीतका ५ घर बनाइदिने “गगन चन्द्रा भक्त ठकुल्ला समाज” को निर्णय

धनगढी – गगन चन्द्रा भक्त ठकुल्ला समाजले रामारोशन का ५ बाढी पिडीत परिवारलाइ घर लगाइदिने निर्णय गरेको । समाजका अध्यक्ष भक्त ठकुल्लाद्धारा हस्ताक्षरित एक विज्ञप्ति मार्फत् सो कुराको जानकारी गराइएको हो । समस्यामा रहेका अति विपन्न वर्गहरुको क्षेत्रमा अतुलनिय सहयोग गर्दै आएको यस गगन चन्द्रा भक्त ठकुल्ला समाजले यस पटक रामारोशनका बाढीपिडीतलाई सहयोग गर्ने निर्णय गरेको हो ।

भाद्र २ गते राती रामारोशनमा आएको भीषण बाढीले विस्थापित भएका नागरिक मध्ये ५ जना अति पीडितहरुको घर समाजले लगाईदिने विज्ञप्तिमा उल्लेख गरिएको छ । उक्त पहिरो सहितको बाढीले रामारोशन गाउँपालिका वडा नं ५ को सैनी बजार पुर्ण रुपमा बगाउँदा करिब १७ जनाको ज्यान गएको थियो भने सैनी, सनानीगाउँ, सोड्ना, धनेसल्ला, जात्तोला, अल्लेडी लगाएतका बस्तीहरु उच्च जोखिममा रहेका र करिब ६ दर्जन घरहरु तत्काल सुरक्षित ठाउँमा स्थानान्तर गर्नुपर्ने अवस्था छ भने त्यहाँका हजारौँ नागरिकहरु त्रिपालमा बस्नु पर्ने बाध्यता छ ।

You can share this post!