आज जनकपुर आएको नेपालको पहिलो रेल होइन प्रविधिमैत्री रेल हो

बेनाम बादशाह , झापा – नेपालमा रेल को इतिहास आज रेल आउदा को कुरा मात्र होइन । राणा शासन मा नै रेल को सुरुवात भएको थियो । आज आएको नेपालको झण्डा को रङ लाइ आधार बनाएर रङाइएको रेल ८४ करोड ६५ लाख रुपैया खर्च गरेर भारत सग खरिद भएको हो । हो नया रङ अनि नया ढाचा र केहि सुविधा सम्पन्न रेल नेपाल मा पहिलो नै हो तर आज भन्दा धेरै अगाडि नै नेपाल मा रेल आइ सकेको र चलि सकेको हो सबैलाइ अवगत नै छ ।

सम्माननिय प्रधानमन्त्री के पि शर्मा ले कुदाउछु चुच्चे रेल भनेको रेल यो होइन वहाले त मेची महाकाली अनि काठमान्डौ पोखरा मा रेल कुदाउने भन्नु भएको थियो जुन अहिले अध्ययनको क्रममा मात्र छ । तत्कालिन राणा प्रधानमन्त्री चन्द्र शमसेर जबरा को पहलमा तत्कालिन इस्ट इन्डिया कम्पनी बृटिस सरकार को सहयोगमा सन १९३० लगभग १०० बर्ष अघि नै सुरु भएको जनकपुर जयनगर रेल्वे सेवा हो । यो रेल सेवा सन २०१४ मा बन्द भएर पुन निर्माण को क्रममा थियो । यस्को लम्बाइ ३० किलोमिटर रहेको छ ।

रेलका लिक हरु जिर्ण भएर तथा पुरनो भएर निर्माण कार्य सम्पन्न भएर अहिलेको सरकार ले नया नेपाल को रेल खरिद गरेको हो तर नेपाल मा पहिलो पटक रेल ल्याएको पनि होइन र नेपाल को पहिलो रेल पनि होइन समयानुसार प्रबिधि मैत्री रेल खरिद मात्र गरेको हो र यो पनि देश को बिकास नै हो । जसरि पहिले धेरै आवाज आउने बस हरु थिए अहिले हटेर नया प्रविधिका आए ,त्यसैगरि प्रविधि को बिकास सगै हुने परिवर्तन मात्र हो यो नया अहिले जस्तो होहल्ला चलेको छ वास्तविकतामा त्यो भने होइन ।

You can share this post!