भटभटेले उडाइदिएको रामारोशन बाढीपीडीतको आशा

भक्त ठकुल्ला

यहि भाद्र 2 गते राति करिब 1 बजेको हुदो हो अबिरल वर्षाका कारण 8 घर बगायो 19 जनाको गहिरो निन्द्रा चीर निन्द्रामा परिणत भयो त्यो कहालीलाग्दो पिडा सधैंका लागि अस्मरणिय रह्यो। गाउँ समाजका सहयोगी दयालु मनहरु सहयोगमा जुट्दै गर्दा क्षति ग्रस्त स्थानको निरिक्षण गर्न नेपाल सरकारका गृहमन्त्रीज्यू, अछामका निर्बाचित माननिय नेकपा सुदुरपश्चिमका प्रमुख भिम बहादुर रावल लगायत थुप्रो बिशिष्ट ज्यूहरु समेत आउनु स्वागतयोग्य नै थियो रामारोशनमा भाषण गर्नु भयो साफेबगर बुढीगङ्गाले कटान गरेको खेत पक्की पुलबाट अवलोकन गरेर हेलिकप्टर चढेर काठमाडौँ फिर्ता हुनु भयो ।

जनताबाट सामाजिक सञ्जालमा गुनासै गुनासो पाउनु भयो। यता जहाँ दुखका बर्बरता फिजिई रहेका थिय देश बिदेश र जिल्लामा रहेका सहयोगी दयालु मनहरु सहयोगमा जुट्दै गर्दा प्रदेश सरकार अर्थ मन्त्री झपट बोहरा गाडीमा आउनु भयो पहिरो टुप्पो देखि ठूलो दुर्घटना भएको सैनी बजार साफेबगर बुढीगङ्गाले क्षति पुगेको ठाउँ पनि हेर्नु भयो जनताबाट सामाजिक सञ्जालमा स्याबासी पाउनु । अछाममा दयालु मनहरु सहयोगमा दैनिक थपिदै थिय जुट्दै थिय प्रदेस मुख्य मन्त्री त्रिलोचन भट्टको टोली हेलिकप्टर चढेर घटना स्थल पुगेर प्रति परिवार एक लाखले आठ लाख बितरण गरेर हेलिकप्टर चढेर काठमाडौँ फिर्ता जानु भयो जनताबाट सामाजिक सञ्जालमा मध्यम स्थान पाउनु भयो ।

सामाजिक ब्यक्तिहरु, स्थानिय जनप्रतिनिधि, राजनीतिक दलहरू मध्य बिशेष गरी नेपाली कांग्रेस को पहलमा धेरै सहयोग र साहानुभूति अधिक भयको जग जाहेर रहदै गर्दा कोरोना महामारीको चपेटामा परेको समयमा ज्यानको बाजी लगाएर परिवारलाई घरमै छोडेर बाध्यात्मक परिस्थितिमा भारतमा रहनुभएका अछामका दयालु महान ब्यक्तिहरुबाट रु पठायको बितरण समेत गरियो ।

जनताले स्वयम स्वस्फुर्त सहयोग गरेको श्रम, रकम र सरकारी खर्चमा हेलिकप्टर चढेको सरकारमा पदासिन नेता द्वारा बितरण गरेको मुल्याङ्कनको दाजो गरौँ आफै छुट्याऔ कस्को पलडा भारि छ मुल्याङ्कन गर्ने जिम्मा आम नागरिक दाजुभाई तथा दिदीबहिनीहरुमा छोड्छु । मेरो बिचारमा सोझा जनतालाई भजाई खाने नौटंकी र बिकास बाधक तत्व नेताले भन्दा जनताले गरेको सहयोग अधिक छ । अब नागरिकहरुले सरकारको तारिफ गर्ने वा गालि गर्ने समय समिपमा छ । बाढि पहिरो प्रभावित क्षेत्रमा नियन्त्रणको गुरुयोजना सहित यथाशिघ्र कार्न्वयन भयन भने नेताहरु जिल्ला प्रबेश हुदा कालो झण्डा देखाएर मुर्दावाद का नाराले लखेट्नु पर्ने दिन पनि आउन सक्छ अन्तर्हृदयमा रहोस् । जय अछाम । जय नेपाल ।

लेखक सुदुरपश्चिमान्चल सरोकार मञ्चका केन्द्रिय सदस्य हु्न्

You can share this post!