प्रहरिका लट्ठि किन निरिह जनता माथि प्रधानमन्त्री ज्यु ?

बेनाम बादशाह

सम्बृद्ध नेपाल अनि सुखि नेपाली हजुर कै नारा होइन र प्र्धानमन्त्री ज्यु ? अनि हजुर कै पार्टि को घोषणा पत्र मा लेखेर जनता लाइ देखाएर चुनाव जितेर दुइ तिहाइ ल्याउनु भएको होइन र ? कि भोट ल्याउने अनि बहुमत बनाउने मनसाय ले मात्र यो नारा र घोषणा पत्र अघि सारेर राज्यलाइ आफन्त नातेदार भर्ति केन्द्र बनाउने चाल त होइन हजुर को ? यदि साचै सम्बृद्ध नेपाल सुखि नेपालि हजुर को मन भित्रै को नारा हो भने आज कुलमान घिसिङ लाइ पुनर्नियुक्ति गर भनेर जनता सडक मा उर्लिदा किन लाठि प्रहार धर पकड गर्नु हुन्छ प्रधानमन्त्री ज्यु ?

कुलमान घिसिङ पनि सम्बृद्ध नेपाल को एक हिस्सा होइन र ? जस्ले नेपाल लाइ लोडसेटिङ मुक्त बनाए । कि सम्बृद्ध नेपाल को नाममा साला सालि आफन्त भर्ति केन्द्र खोल्नु भएको हो कि भन्ने लाग्छ, उज्यालो को राजा कुलमान लाइ हटाएर आफ्ना साला लाइ कार्यकारी बनाउने योजना । कानुनि समस्या भन्नुहुन्छ प्रधानमन्त्री ज्यु जस्ले अर्थमन्त्री भएर 2 बर्ष मा नेपालि को ढाड सेक्ने कर मात्र थुपार्यो अनि जस्ले हजुर को पार्टि र साख लाइ गिरायो उसैलाइ कुन कानुन मा टेकेर अर्थमन्त्री छोडेकै भोलिपल्ट मन्त्री सरह सेवासुबिधा पाउने गरि आर्थिक सल्लाहाकार बनाउनु भयो त ?

यो देख्दा लाग्छ पैसा कसरि लुटेर आफन्त पोस्न पाइन्छ यो तरिका हजुर लाइ अर्थमन्त्री बाट ज्ञान भयो र नै असक्षम लाइ पुन सबै सुबिधा दिएर मन्त्री सरह नियुक्ति दिनु भयो तर देश लाइ उज्यालो युग मा लाने कुलमान लाइ घुसिया इन्भर्ट्र अनि सोलार ब्यापारि को उक्साहट मा लागेर हटाउनु भयो कानुन ले रोकेन । न हजुर का सन्तति न कोहि तर 2/4 जना भरौटेको कुरा सुनेर मलेसियाको मोहमद महाथिर अनि नेपाल को के पि ओलि बिकास को सम्बाहक हुने अवसर गुमाउदै हुनुहुन्छ । एम सिसि ल्याएर अ्मेरिकालाइ देश सुम्पिएर होस या बिमिस्टेक गरेर होस देश को नाम शान अनि सस्कृति सबै मेटाउदै हुनुहुन्छ ।

लिपुलेक मा भारत ले मान्छे राख्न थल्यो खोइ हजुर को रास्टृयता ? के चुचे नक्सा बनाउदैमा नेपाल ले पायो त लिपुलेक लिम्पिया धुरा ? के पि ओलि देश को हिरो भन्ने युवा हरु अहिले खाडिमा उद्दार को १५०० को टिकेट काट्न नसकेर रुदै छन । खोइ त नेपालि पन ? खोइ त जनता प्रति उत्तर्दायि ? चुनाव एउटा मात्र आउदैन होला प्रधानमन्त्री ज्यु ख्याल गर्नु होला । जनता हजुर को साथ मा हजुर कै महाथिर हुने सपनाको लागि अनि देश सम्बृद्ध बनाउन कै लागि जनता कहिले एम सि सि मुर्दावाद भन्दै हिड्छन देश भर र्यालि निकाल्छन तर हजुर प्रहरिको लाठि अनि पानी को फोहोरा ले उडाइ दिनु हुन्छ ।

त्यसैगरि कहिले कुलमान चाहियो भन्छन । देश कै सम्बृद्धिका लागि तर लाठि कै आड मा सालो को ठाउ सुरक्षित गर्नु हुन्छ । अनि डा के सि हजुर कै सम्बृद्ध नेपाल बनाउन नै देशै भरि निशुल्क हस्पिटल बनाउ निशुल्क डाक्टर पढाउ भनेर अनसन बस्छन तर हजुर पुलिस लगाएर अनसन तोड्ने अनि झुटा सम्झौता गर्ने गर्नु हुन्छ । के अब हजुर लाइ देश भक्त भनौ कि नालायक पैसा अनि नातावाद मा लिप्त भनौ यसको जवाफ हजुर बाटै मैले चाहेको छु । जनता आगो हो राणा देखि पन्चायत अनि बहुदल हुदै लोकतन्त्र ल्याउने जनता नै हुन र हजुर को खोक्रो रास्ट्रवाद पनि जनताले परास्त गर्न बेर लाउदैनन समय मा नै सहि लाइ सहि गलत लाइ गलत नजर ले हेरियोस । देश डुबेकै भ्रस्ट अनि नातावाद ले हो त्यहि भएर जनताको मनोभावना को कदर होस र सत्यको पक्षमा उत्रेको जनसागर माथि धरपकड नहोस देश को माया नेता लाइ भन्दा धेरै जनता लाइ हुन्छ भन्ने कुरा बेलैमा बुझ्नुस प्रधानमन्त्री ज्यु ।

You can share this post!

Next article