सम्झनामा कमरेड दिवाकर

– लक्ष्मण चौलागाईं विद्रोही

तिम्रा रगत र बलिदानीहरुले

लेखियो यहाँ गणतन्त्र

तिम्रा महान विरताहरुले

जोडियो यहाँ गणतन्त्र

तिमी बिनाको मातृभुमी यो,

तिम्रै रगतले लत्पतियो

तिम्रा रगतका खाटाहरु अझ पनि

न पखालियो ल्याइ तिमिले गणतन्त्र

सलाम,

समर्पण सहिद तिमिलाई,

महान सपना जलाइयो डर लाग्छ

कामरेड हामिलाई, तिम्रा मर्मको दिवार भत्काइयो

खै !

यहाँ कसैले देख्दै देखेनेनन,

देखेकाले त भन्नु पर्थ्यो देख्ने पनि भन्न चाहेनन,

अपुरो यो लोकतन्त्र

देश र जनताको निम्ति लड्ने

यी महान व्यक्तित्व

पोस्ट बहादुर बोगटीलाई

हार्दिक श्रध्दान्जली अर्पण गर्दछु ।

You can share this post!