शिक्षक संघ अछामद्वारा कांग्रेस राहत संकलन समितिको कोषमा १ लाख ४५ हजार बढी सहयोग हस्तान्तरण

खकेन्द्र भण्डारी, धनगढी – नेपाल शिक्षक संघ अछाम जिल्ला कार्यसमितिले रामारोशनको बाढी पहिरो पिडितहरुका लागि १ लाख ४५ हजार १० रुपैयाँ आर्थिक सहयोग हस्तान्तरण गरेको छ । नेपाल शिक्षक संघ चौरपाटी गाउँ पालिका बाट ५४ हजार १० रुपैया,रामारोशन गाउँ पालिकाबाट २९ हजार रुपैयाँ,साफे नगरपालिका बाट १० हजार रुपैयाँ, कमलबजार नगरपालिका बाट १० हजार रुपैया, पन्चदेवल विनायक नगरपालिका बाट १० हजार रुपैयाँ, तुर्माखाद गाउँ पालिका बाट १० हजार रुपैया, ढकारी गाउँ पालिका बाट १० हजार रुपैयाँ, मेल्लेख गाउँ पालिका बाट ७ हजार रुपैयाँ र बान्निगढी जयगढ गाउँ पालिका बाट ५ हजार रुपैयाँ आर्थिक संकलन गरि हस्तान्तरण गरिएको र शिक्षक संघ मंगलसेन नगरपालिकाले संकलन गरिरहेको शिक्षक संघ अछामले बताएको छ ।

यही भाद्र २ गते रामारोशन क्षेत्रमा आएको बाढी पहिरोका कारण मृतक परिवार तथा अन्य पिडित परिवारका लागि नेपाली कांग्रेसले सन्चालन गरेको राहत संकलन तथा उद्रार समितिको कोषमा उक्त रकम हस्तान्तरण गरिएको राहत संकलन तथा उदार समितिका संयोजक कांग्रेश युवा नेता पुष्प बिष्टले बताउनु भएको छ ।

You can share this post!