नेपालमा एकैदिन अहिलेसम्मकै उच्च २ हजार २० संक्रमित

काठमाडाैं : पछिल्लो २४ घण्टामा देशभर २ हजार २० संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गर्ने नियमित मिडिया ब्रिफिङमा प्रवक्ता प्राडा जागेश्वर गौतमले बताएअनुसार आज देशभरबाट ८ सय ७१ संक्रमित डिस्चार्ज भएका छन्। 

आज देशभर सक्रिय संक्रमित १७ हजार ३ सय ८३ जना छन्। त्यस्तै आजको पिसिआर ११ हजार ४ सय ५८ रहेको गौतमले जनाए।   आज होम आइसोलेसनमा ८ हजार ८८ छन् भने क्वारेन्टाइनमा ७ हजार ७ सय ३६ जना अझै बसिरहेका छन्। साथै आज संस्थागत आइसोलेसनमा ९ हजार २ दुई ९५ जनारहेका पनि उनले बताए। 

You can share this post!