यस्तो हुनेछ देशभरको मौसम

काठमाडौं– मनसुनको न्युन चापीय रेखा नेपालभन्दा दक्षिणतर्फ रहेकाले देशका केही स्थानमा मेघगर्जन÷चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार प्रदेश नम्बर ५, गन्डकी, सुदूरपश्चिम र वाग्मती प्रदेशका केही स्थानमा मेघगर्जन÷चट्याङसहित वर्षा हुनेछ ।

आगामी २४ घन्टा देशको प्रदेश १, २, ५, वाग्मती र गण्डकी प्रदेशका एक, दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको पनि महाशाखाले जनाएको छ । तीं स्थानमा नदीमा पानीको बहाव बढ्ने, पहाडी क्षेत्रमा पहिरो जानेभएकाले सडक तथा हवाई यातायात प्रभावित हुनसक्ने पनि जनाएको छ । महाशाखाले सतकर्ता अपनाउन आम रुपमा अपिल गरेको छ ।

आगामी तीन दिनको मौषम

असोज २ गते – दिउँसोः देशभर सामान्यतया बदली रही केही स्थानहरूमा मेघगर्जन–चट्याङ्सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । प्रदेश १, २, ५, बागमती प्रदेश, गण्डकी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ । रातीः देशभर सामान्यतया बदली रही केही स्थानमा मेघगर्जन–चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । गण्डकी प्रदेश, प्रदेश नं ५, र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ।

असोज ३ गते – दिउँसोः देशभर सामान्यतया बदली रही केही स्थानमा मेघगर्जन–चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । सुदूरपश्चिम प्रदेशका र प्रदेश नं ५ का एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ । रातीः देशभर सामान्यतया बदली रही थोरै स्थानमा मेघगर्जन–चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

असोज ४ गते – दिउँसोः देशभर सामान्यतया बदली रही थोरै स्थानमा मेघगर्जन–चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । रातीः देशभर सामान्यतया बदली रही थोरै स्थानमा मेघगर्जन–चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

You can share this post!