धनगढीमा एक कोरोना संक्रमित महिलाको मूत्यु

खकेन्द्र भन्डारी , धनगढी

धनगढी – उप–महानगरपालिका वडा नम्वर ५ की ५७ बर्षीया संक्रमित महिलाको हिजो साँझ मृत्यु भएकोमा आज नेपाली सेनाले शव व्यवस्थापन गरेको हो,जिल्ला प्रशासन कार्यालय कैलालीका अनुसार धनगढी उप–महानगरपालिका वडा नम्वर ७ को राष्ट्रिय वनमा शव व्यवस्थापन गरिएको हो ।

सेती अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठका अनुसार उनलाई भदौ १७ गते कोरोना पुष्टि भएको थियो भने कडा खालको लक्षण देखिएपछि १९ गते अस्पतालमा भर्ना गरिएको थियो । उनको भेन्टिलेटरमा राखेर उपचार भईरहेको थियो। संक्रमितको प्लाज्मा थेरापीमार्फत उपचार भएको थियो भने रेम्डेसिभिर औषधि समेत प्रयोग गरिएको थियो ।

You can share this post!