बिश्वकर्मा पुजा अनि बिश्वकर्म चाहि अछुत कहिले सम्म ?

श्रेया गजमेर

आज असोज १ गते सधै झै बिश्वकर्मा पुजा हो र जताततै धुमधाम सग ले बिश्वकर्मा पुजा मनाइरहेको छ । सायद जुन दिन देखि औजार हरु बन्न थाले अनि जुन दिन देखि खुडा तरवार भाडा कराइ हसिया खुकुरी बन्न थाले सायद हुन सक्छ त्यहि बेला देखि नै बिश्वकर्मा पुजा मनाउन थालिएको होला ।

गहन भएर सोच्ने हो भने बिश्वकर्मलाइ सुरु अवस्था देखि नै भगावन को रुपमा हेरिने कुरा यो पुजा गरेको देख्दा सहजै बुझ्न सकिन्छ तर समय क्रम सगै शासक हरु को फरक फरक शासन ब्यवस्थाका कारण नै हुनु पर्छ भगवान को दर्जा दिएका मानिस हरु चाहि दलित भनिन थालिए, अछुत कहलिन थालिए भने उनिहरु कै सिर्जना उनिहरु द्वारा नै निर्मित साधन लाइ भगवान बिश्वकर्मा मानेर पुजा गर्न थालियो यहा देखि नै सबै सिस्टम मा फेरबदल भएको देखिन्छ । यस्तो सम्मानित पेशा अनि भगवान समान पुजा गरिने सर्जक हरुलाइ अछुत भनियो दलित भनियो यस्को अन्त्य हुनै पर्छ ।

असली बिश्वकर्मालाइ अपहेलना गरेर उसैद्वारा निर्मित साधन लाइ भगवान मानेर पुजा गर्ने चलन कहिले सम्म ? मान्छे मान्छे बिचमा भेदभाव कहिले सम्म ? जब सम्म एउटा मान्छे लाइ अर्को मान्छे ले समान ब्यवहार गर्दैन अनि उच निच को ब्यवहार गरि रहन्छ तव सम्म यस्तो बिश्वकर्मा पुजाको औचित्य छ जस्तो मलाइ लाग्दैन । बिश्वकर्मा ले बनाएको हरेक समान को पुजा चाहि हरेक जात जाती ले गर्ने अनि बनाउने लाइ अ्मानविय ब्यवहार गर्ने यो कसरी सैह्य हुन्छ होला त ।

You can share this post!