गास ,बास अनि कपास बाट वन्चित हुदै निर्माण मजदुर

बेनाम बादशाह (रमेश ) झापा – बिश्व महामारीको रुपमा आएको कोभिड १९ को कारण बिश्वमा लाखौ रोजगारी गुमेको अवस्थामा नेपाल मा पनि यसको असर पर्नु स्वभाविक नै हो । नेपाल मा सरकारी कार्यलय हरु धेरै बन्द अनि आम्शिक सन्चालन मा भए पनि सबैले आफुले पाउने सेवा सुबिधा पाउदै आएका छन । यता ब्यक्तिगत कम्पनिमा काम गर्ने हरु को पनि काम को प्रकृति हेरी कति को जागिर पाक्दैछ भने कति बेतलवि भै घरैमा बसेको अवस्था छ । प्राइभेट स्कुल मा काम गर्ने शिक्षक शिक्षिका हरु को पनि अहिले अवस्था धेरै नै नाजुक बनेको छ न स्कुल सन्चालन हुन्छ अनि बिध्यार्थि भर्ना नभए पछि न त स्कुल ले नै तलब सुविधा दिन सक्छ ।

यस्तै यस्तै अवस्था अनि घटना हरु भै रहेको छ अहिले हाम्रो देशमा । श्रमिक हरु को बर्ग अनुसार समस्या शृजना हुने रहेछ यहा । सरकारी अनि ब्यक्तिगत कम्पनि अनि प्राइभेट स्कुल मा काम गर्ने हरु केहि अब्बल स्तर अनि गरीवीको रेखा भन्दा केहि माथी हुदा रहेछन तर हाम्रै देशमा रहेका निर्माण मजदुर हरु जो घर निर्माण मा मिस्त्रीअनि मिस्त्री सहयोगि भएर काम गर्छन । श्रीमान श्रीमति नै निर्माण मजदुर घरमा २ जना नानी भएका झापा बिर्तामोड्का अजय चौधरी ले काम नपाएको ३ महिना पुरा हुन लागो तर काम छैन खाना छैन कोठा बाट निकाल्ने अवस्था छ किन कि कोठाको किराया नदिएको ३ बिति सक्यो खान लाइ पनि अलि भएको पैसा सकिएको र अहिले श्रीमति सग भएका अलि अलि गहना बेचेर भात खादै गरेको बताउछन ।

झापा दमक कै निर्माण मजदुर राजन खत्री को पिडा पनि त्यस्तै छ । बर्ष भरि काम गरेर परिवार पाल्ने अनि नानी हरु पडाउने राजन लकडाउन ले गर्दा साहु हरु ले घर बनाउन रोकेको र कतै काम पाउन गार्हो भएकोले खान बस्न नै धौ धौ भएको बताउछन । राजन र अजय त मात्र उदाहरण हुन अहिले कोरोना को कारण बिश्वमा रोजगारी गुमेर तथा नेपाल मा पनि ब्यपार ब्यवस्या बन्द जस्तै भएकोले धेरै निर्माणाधिन घर तथा समरचना हरु बन्द भएकोले नेपाल को अधिकाङ्श मजदुर तथा न्युन आए भएका श्रमिक लाइ आफ्नो पेट अनि परिवार पाल्न धौ धौ भएको छ ।

राहत को पनि ब्यवस्था छैन आम्दानी को श्रोत पनि केहि छैन न त जग्गा जमिन नै छ गरेर खानलाइ कोरोना ले त गरिव लाइ मात्र मार्ने रहेछ , कोरोना त लागेन तर अब भोकले मर्ने अवस्था आयो भनेर सुनाउछ्न झापा अर्जुनधाराका मुकुन्द बोगटी । अधिकाङ्श द्क्ष तथा अदक्ष कामदार ले काम पाउने तथा निर्माण मा आशृत मजदुर हरुलाइ यो कोरोना अनि लकडाउन ले भोकै मार्ने अवस्थामा पुर्याएको छ । सरकार ले बेलैमा राहत कार्यक्रम नल्याए तथा लकडाउन को बिकल्प नखोजे धेरै मानिस रोगले भन्दा भोकले मर्ने निस्चित प्राय छ ।

You can share this post!