यदि यो मुलुकमा साच्चै नागरिकको सरकार भएको भए

लक्ष्मण चौलागाईं विद्रोही

१. पहिलो कदम विदेश पलायन युवालाई यो कठिन घडीमा स्वदेश ल्याइन्थ्यो( प्लेन भाडा फ्री गरिन्थ्यो)२. नागरिक क्वारेन्टाइनमा कैद भै बन्दी बनिरहदा सरकारमा बिना काम भत्ता र सेवा सुविधा हसुरिरहेका उडुसहरुले जनता क्वारेन्टाइनमा रहुन्जेल सेवा सुविधा लिदैन थियो३. नागरिकलाई औषधिमा समेत ठगेर विचौलियाले लुट्दैन थियो४. बजार भाउ (सेवासुविधा रोकेपछी) ५०% घटाइन्थ्यो५. नागरिकको हितका लागि भावी योजना के बनाउने भन्ने विषयमा शिर्ष भनिएका दलाल नेताहरुले चिन्ता र बहस चलाउथ्यो६. आफ्नो ज्यानको प्रवाह नगरी नागरिकको सुरक्षामा खटिएका डाक्टर , प्रहरीहरुको तलब डबल बनाइन्थ्यो

७. आस्थाका बन्दीले जेल ब्रेक र घेरा तोड्नुपर्दैन थियो उनिहरुलाई यो संकटको घडीमा बिना शर्त रिहाई गरि लोकतन्त्रको सुन्दरताको प्रत्याभुती गराइन्थ्यो ८. यतिबेला व्याप्त भ्रष्टाचार र भ्रष्टहरुलाई पक्राउ गरि तातो गोलीले उडाएर भ्रष्टहरुको अन्त्य गरिन्थ्यो ९. सरकार दल बनाउने भन्दा जनताका आवश्यकता परिपुर्ति गर्न तिर लाग्थ्यो१०. गणतन्त्र कमजोर किन भयो ? अब नया स्वरुप तर्जुमा गर्न दलहरु सबै भंग गर्न सरकारले अपिल गर्थ्यो ११.सत्तामा गएर भत्ता पचाउने जुकाहरुको निष्कासन गर्दै सेवामुखी सत्ताको उध्घोष गरिन्थ्यो१२. बाढी पहिरोले पुरिएर र विस्थापित भएका अछामको रामारोसन ,सिन्धुपाल्चोकको जुगल लगायत मुलुकका थुप्रै प्रकोप बाट गुज्रेका जनताको उत्थान यथाशक्य छिटो गरिन्थ्यो।

तर यसो किन भएन भन्दा मुलुकमा दलाल ,विचौलिया,माफिया ,भ्रष्ट र अपराधी जल्लादहरुको कुशासन छ त्यसैले गर्दा नागरिक सरकार देखि बेखबर र गणतन्त्र जनता देखि दुर दुर भाग्यो। राष्ट्रलाई धरासयी बनाउदै र कोरोनालाई बहाना बनाउदै विश्वलाई झुक्याउदै यो महामारीलाई मौका बनाएर ब्रम्हलूट मच्चाउने दलालले जनतालाई झुक्याउदै लज्जास्पद राज्य टिकाउने दुस्साहस गरिरहयो।यो कठिन अवस्थामा दलाल सत्ताले पेट्रोलमा समेत मूल्य बढाएर नागरिकलाई झनझन महंगी ले ढाड्मा दाल दल्ने धृष्टता गर्दै गरेकोले यो सरकार पिपासुहरुको सरकार चाहिँ बन्यो।

You can share this post!