कांग्रेस महामन्त्री आइसीयुमा

काठमाण्डौं – नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालालाई कोभिड–१९ को लक्षण देखिएपछि आईसीयूमा भर्ना गरिएको छ । कोरोना पोजिटिभ देखिएपछि घरमै आइसोलेसनमा रहेका महामन्त्री काेइरालालाई मंगलबार साँझ एक्कासी ज्वरो आएपछि उनलाई ओम अस्पताल भर्ना गरिएको उनका सहयोगी भरत तिवारीले जानकारी दिए।

अस्पताल भर्ना गरिएका कोइरालालाई रेम्डिसिभिर औषधि चलाएको अस्पताल स्रोतले जनाएको छ। उनको स्वास्थ्य अवस्था स्थिर रहेको अस्पतालका प्रवन्ध सञ्चालक बाबुकाजी कार्कीले जानकारी दिए। भदौ २३ गते कोरोना संक्रमणको पुष्टि भएदेखि नै महामन्त्री कोइराला होम आइसोलेसनमा रहँदै आएका थिए।

0389454D-82BC-4811-B2F6-2C4928FEBCC2.jpeg

You can share this post!