कोरोनाबाट थप एकको मृत्यु

झापा – कोरोनाभाइर संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानमा उपचारत सप्तरी खडक नगरपालिका–३ का ३५ वर्षीय पुरुषको मृत्यु भएको हो। भदौ २८ मा कोरोना पोजेटिभ देखिएका पुरुषलाई ३० भदौमा प्रतिष्ठानमा भर्ना गरिएको थियो। उपचारका क्रममा बुधबार विहान ६ बजे मृत्यु भएको अस्पतालले जनाएको छ । अस्पतालका अनुसार वर्षयता मृगौलामा समस्या भएका कारण उनी नियमित डाइलसिस गराइरहेका थिए। हप्तामा दुई पटक डाइलसिस गर्ने युवकमा उच्च रक्तचापको पनि समस्या थियो ।

You can share this post!