वडा सचिवको मृत्यु

लोेकेश बटाला, सुर्खेत –  नलगाड नगरपालिका-१० का २६ वर्षीय वडासचिव कविराम रोकाको मृत्यु भएको छ। कार्यक्षेत्रमा काम गरिरहेको समयमा बुधबार बिहान मृत्यु भएको हो । रुकुम पश्चिम सानीभेरी गाउँपालिका १३ छिवाङ घर भएका रोका केही समयदेखि नलगाड १० मा कार्यरत थिए।

निरन्तर ज्वरो आउने, श्‍वास फेर्न समस्या हुने समस्याबाट पीडित भएको एक हप्ताभित्र मृत्यु भएको नगरपालिकाका प्रवक्ता राममाया हमालले जानकारी दिए। मृतक रोकाको स्वाब संकलन गरी चौरजहारीस्थित कोरोना जाँच प्रयोगशालामा पठाउने तयारी भएको छ।    

You can share this post!