६ जना अवैध काठ तस्करी पक्राउ

काठमाडौ – अवैधरुपमा काठ चोरी पैठारी गरिरहेका अवस्थामा नवलपरासी (बर्दघाट–सुस्ता पश्चिम)बाट छ जना पक्राउ परेका छन् । प्रहरी चौकी बासाबसहीको गस्ती टोलीले सरावल गाउँपालिका–२ देवीनगरस्थित पूर्वपश्चिम राजमार्गबाट अवैधरुपमा काठ ओसारपसार गरिररहेका अवस्थामा आज बिहान काठसहित छ जनालाई पक्राउ गरेको हो ।

बासा प्रहरीचौकीका प्रहरी सहायक निरीक्षक महेश रायमाझीको नेतृत्वमा खटिएको टोलीले देवीनगरस्थित उत्तरतर्फको वनबाट छ वटा साइकलमा ल्याउँदै गरेको सात थान अवैध सालको काठसहित ओसारपसारमा संलग्न छ जना र साइकलसमेत नियन्त्रणमा लिएर बुझाएको डिभिजन वन कार्यालय परासीका सूचना अधिकारी प्रज्ञा पौडेलले जानकारी दिए । नियन्त्रणमा लिइएका मानिस, साइकल र काठ आवश्यक कारवाहीका लागि सबडिभिजन वन कार्यालय बर्दघाट सरावललाई बुझाइएको प्रहरीले जनाएको छ ।

You can share this post!