कुलमानको पुनर्वाहलीको माग गर्दै जनता सडक आन्दोलनमा, प्रहरीद्धारा व्यापक दमन

काठमाडौं – नेपाल विद्युत प्राधिकरणको निवर्तमान कार्यकारी प्रमुख कुलमान घिसिङको पक्षमा हजारौँ नागरिकहरु सडकमा आएका छन । कुलमानको पक्षमा आवाज उठाउनेरुलाई प्रहरीले माईतीघरबाट गिरफ्ता गरेको छ । कुलमानलाई नै प्राधिकरणको कार्यकारी प्रमुख बनाईनुपर्छ भन्दै उनका समर्थकहरु प्रदर्शनमा उत्रिने तयारी गरिरहेको अवस्थामै प्रहरीले केहीलाई नियन्त्रणमा लिएको छ ।

घिसिङलाई प्राधिकरणको कार्यकारी निर्देशकमा फेरि नियुक्त गर्न माग गर्दै आज विहानमात्रै काठमाडौंको जोरपाटी र बालाजुमा पनि प्रदर्शन भएको थियो । माईतीघरको प्रदर्शनमा पूर्व प्रधानसेनापति रुकमांगत कटुवाललगायतका व्यक्तिहरु सहभागी भएका थिए ।

You can share this post!