संविधान दिवस तिमिलाई,खै के लेखौं शुभकामना !!

लक्ष्मण चौलागाईं विद्रोही

आज संविधान दिवस अरे

तर यो अधुरो संविधान

जसको दफाले मानवजाती भन्न सकेन

समावेशी भनियो तर बाहुनवाद हट्न मानेन

सानालाई ऐन ठुलालाई चयन खारेज गरेन

जनता दास सत्ता मालिक मेट्न सकेन

कम्युनिस्ट रे कम्युनिस्ट कै दमन गर्न छोडेन

संविधान विभेदकारी भो

यसैले,

जातीय कोटा खारेज गर्दै

मानव जातीको सम्बोधन गरे

न्यायहिनहरुलाई न्याय दिए

अनि लेखौंला,

संविधान दिवसको शुभकामना

तर अहिले त सगरमाथा झुकिसक्यो

लुम्बिनी काँपिसक्यो

मुक्तिनाथ डराइसक्यो

पशुपतिनाथ लुटिइसक्यो

पाथिभराको क्रोध बढिसक्यो

दोलखा भीमसेनलाई पसिना आइसक्यो

सत्य डगाउदै डगाउदै गयो

अनि न्याय मृत वर्तमानमा

व्यवस्थाको नाम मात्र बदलिएको

अवस्था जनताको भासिंदै गएको

संविधान दिवस तिमिलाई

खै के लेखौं शुभकामना

लेख्ने शब्द भएन मात्रै नि:शब्द

दलाल संसदीय राजतन्त्रले बनाइदियो !!

You can share this post!

Previous article